बाह्रदशीमा जंगली भाले हात्ती मरेपछि अनुसन्धान शूरु गर्दै मन्त्रालय

0
SHARES
1
VIEWS

झापामा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ।

बिहीबार बिहान बाह्रदशी गाउँपालिका-१स्थित बागमतामा जंगली भाले हात्ती मरेको जिल्‍ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

राति कुन बेलामा हात्ती मरेको भन्ने नखुलेको प्रहरीले जनाएको छ। हात्ती मृत फेला परेको भन्ने खबर प्रहरीलाई बिहान ८ बजे भएको थियो। उक्त खबर पछि इलाका प्रहरी कार्यालय राजगढ झापाबाट प्रहरी वरिष्ट नायब निरीक्षक मदनकुमार मैनालीको कमान्डमा प्रहरीको टोली खटिएको थियो।

हात्ती स्थानीय नगेन्द्र राईको बारीमा फेला परेको हो। बाहिरी चोट नदेखिएको प्रहरीले जनाएको छ।

वन कार्यालयको कर्मचारीले घटनास्थलको अनुसन्धान तथा कानुनी प्रक्रियाको काम गरिरहेको छ। onlinebata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार