टिभिएसको ‘मोडर्न–रेट्रो’ मोटरसाइकल बिर्तामोडमा लन्च गर्दै

0
SHARES
16
VIEWS

टिभिएसको आधिकारिक बिक्रेता पाथिभरा अटो लिंकले रोनिन ‘मोडर्न–रेट्रो’ मोटरसाइकल झापाको बिर्तामोडमा ल्याएको छ ।

नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा आफ्ना ग्राहकका लागि टिभिएस रोनिन लन्च गर्दै प्रिमियम लाइफ स्टाइल सेग्मेन्टमा प्रवेश गरेको हो ।

टिभिएस रोनिनलाई स्टाइल, प्रविधि र सवारी अनुभवलाई ध्यानमा राखेर निर्माण गरिएको कम्पनीको दाबी छ । २२५ सिसीको यो मोटरसाइकलको तौल १६० केजी रहेको छ । यसको इन्जिनले २०.४ पिएस पावर उत्पादन गर्नुका साथै १९.९३ एनएम टर्क जेनेरेट गर्छ ।

क्लासिक डिजाइन प्याकेज उपलब्ध मोटरसाइकलमा रेन र अर्बन एबिएस मोड उपलब्ध छ । ग्लाइड थ्रु टेक्नोलोजी (जिटिटी) र भ्वाइस र राइड सहायतासहितको स्मार्ट ब्लुटुथ कम्युनिकेसनजस्ता प्राविधिक सुविधा पनि मोटरसाइकलमा रहेको कम्पनीले जनाएको छ ।

बिर्तामोडमा मोटरसाइकल सार्वजनिक गर्दै पाथिभरा अटो लिंकका सञ्चालक सजेश शिवाकोटीले यो मोटरसाइकल अनस्क्रिप्टेड लाइफ स्टाइल राइडरका लागि डिजाइन गरिएको बताए ।

उनले भने, ‘यसले नेपालका धेरै युवा राइडरलाई आधुनिक रेट्रो मोटरसाइकलको सहज सवारप्रति प्रोत्साहित गर्नेछ भन्ने कुरामा विश्वस्त छौँ ।’

पाथिभरा अटो लिंकका अर्का सञ्चालक याम कार्कीले यो मोटरसाइकलले नेपाली बजारमा बाइकिङ समुदायलाई टिभिएस रोनिनको विशिष्ट डिजाइन, अत्याधुनिक प्रविधि र जडान गरिएका सुविधाको लाभ उठाउने अवसर प्रदान गर्ने लक्ष्य राखेको बताए ।

उनले भने, ‘यो मोटरसाइकलको लन्चले हाम्रो उत्पादनको दायरा, विशेषगरी आधुनिक रेट्रो क्षेत्रमा, विस्तार गर्ने हाम्रो प्रतिबद्धतालाई जनाउँछ ।’

टिभिएस रोनिन नेपाली बजारमा टिडी संस्करण (ट्रिपल टोन डुअल च्यानल एबिएस)मा उपलब्ध रहेको छ । कम्पनीले नेपाली बजारमा यसको मूल्य ४ लाख ४९ हजार ९०० रुपैयाँ तोकेको छ ।onlinebata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार