मन्त्री सुदन किरातीको अभिव्यक्ति प्रति ,विश्व हिन्दू परिषदको गम्भीर ध्यानाकर्षण

0
SHARES
4
VIEWS

मन्त्री सुदन किरातीको अभिव्यक्ति प्रति ,विश्व हिन्दू परिषदको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।आज एक प्रेस विज्ञप्ति जारी गर्दै परिषदले मन्त्री किँरातीको अभिव्याक्ति अशोभनिय भएको भन्दै कडा आपत्ति जनाएको हो ।विज्ञप्तिमा भनिएको छ

...नेपाल बहुसंख्यक सनातनीहरुको बसोबास भएको राष्ट्र हो। नेपाल सरकारको जिम्मेवार पदमा रहेका बहालवाला सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बहुसँख्यक सनातनीहरुको आस्था एवं मनोभावना माथि चोट पुग्नेगरी दिएको गैरजिम्मेवार एवं अशोभनिय अभिव्यक्ति प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेपालको मौलिक धर्म-सँस्कृति, संस्कार-सभ्यता र पहिचान बुझेको व्यक्ति संस्कृति मन्त्री हुनुपर्ने सामान्य मान्यता रहेको छ । बहुसंख्यक सनातनीहरुको बसोबास भएको देशको सँस्कृति मन्त्री नै सनातन धर्मको विरुद्धमा देखिनु नेपालीहरुका लागि आफैमा दुर्भाग्यपूर्ण विषय हो। हालै सँस्कृति मन्त्री सूदन किरातीले “खिष्टियन धर्म नमान्ने सबै संविधानका विरोधी एवं राष्ट्रघाती हुन” भनी दिएको अभिव्यक्ति सनातनीहरु माथिको ठाडो प्रहार हो । मन्त्री किरातीले दिएको उक्त अभिव्यक्तिले उनी आयातित धर्मका संरक्षक हुन् भन्ने तथ्य प्रष्ट पारेको छ । सनातनीहरुको करवाट तलब खाएर सनातन धर्म र सनातनीहरु माथी प्रहार गर्दै विदेशी धर्मको संरक्षण गर्ने मन्त्री बहुसंख्यक नेपालीलाई आवश्यक नरहेको हाम्रो ठहर हो । बहुसंख्यक नेपालीको मनोभावनाको कदर गर्दै यथाशीघ्र माफि माग्दै मन्त्री पदबाट राजीनामा नदिए हामी कठोर कदम चाल्न बाध्य हुनेछौं । कथित राजनेताद्वारा पटक-पटक सनातन हिन्दू विरोधी वक्तव्य दिईनुले उनी विधर्मी शक्तिद्वारा परिचालित रहेको समेत स्पष्ट भएको छ । त्यस्ता धर्म सँस्कृति विरोधी तत्वहरुलाई साथ दिने जुनसुकै राजनैतिक दल, समुहको राजनैतिक अस्तित्व समाप्त पार्न सनातनी हिन्दू धर्मावलम्बी एवं विश्व हिन्दू परिषद नेपाल लगयातका संगठनरू पछि पर्ने छैनन् । नेपालको मौलिक धर्म सँस्कृति विरुद्ध चौतर्फी आक्रमण भैरहेको वर्तमान परिस्थितिमा बहुसंख्यक हिन्दू समाज संगठित हुनुको विकल्प छैन । हामी समय मै सावधान भएनौं भने परिस्थिति झन प्रतिकुल हुने निश्चित छ । हाम्रा बिच सक्रिय रहेका असामाजिक हिन्दू विरोधी तत्वहरुको समय मै पहिचान गरी पूर्ण बहिष्कार गर्न सम्पुर्णलाई विश्व हिन्दू परिषद नेपाल हार्दिक अपिल गर्दछ । साथै धार्मिक, सांस्कृतिक र संवैधानिक मर्यादालाई आघात गरेर सामाजिक सद्भाव माथि कुठाराघात हुने प्रयास प्रति सचेत रहन् सम्बन्धित
सबै पक्षसँग अनुरोध समेत गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार