न्यौपानेले दिए पत्रकार महासंघ झापालाई ५० थान कुर्सी

0
SHARES
17
VIEWS

बिर्तामोड, पुस ७।
बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले नेपाल पत्रकार महासंघ झापा शाखालाई ५० थान कुर्सी प्रदान गर्नूभएको छ ।

न्यौपानेले आज शनिबार बिर्तामोडस्थित महासंघको कार्यालयमा पुगेर कुर्सी हस्तान्तरण गर्नूभएको हो ।
महासंघको कार्यालयमा पत्रकारहरुको क्षमता वृद्धि लगायतका कार्यक्रमका लागि विभिन्न सामग्री अभाव भएको बेला न्यौपानेले उक्त सहयोग गरेको महासंघ झापाले जनाएको छ ।
महासंघ झापाका अध्यक्ष एकराज गिरीले ५० थान कुर्सी प्रदान गरेकोमा वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष न्यौपानेलाई धन्यवाद ज्ञापन गर्नूभएको थियो ।
न्यौपानेले समाज परिवर्तनका लागि अहोरात्र खट्ने सञ्चारकर्मीको हितमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै पत्रकारहरुको छाता संस्था महासंघलाई आवश्यक सामग्री सहयोग गर्न अन्य दातालाई पनि आग्रह गर्नूभएको छ ।
बिर्तामोड निवासी न्यौपाने तीन दशकदेखि व्यवसायिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ ।

कुर्सी हस्तान्तरण कार्यक्रममा महासंघकी उपाध्यक्ष सुशिला संग्रौला, सहसचिव अर्जुन राजवंशी, कार्यसमिति सदस्य विनोद पाण्डे, स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष नरेन्द्र ढकाल, सञ्चारकर्मीहरु उद्धव पुरी, भरत प्रसाई, पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार