शिवसताक्षीमा निःशुल्क स्वास्थ्य शिविर : अढाई लाखको औषधी सित्तैमा

0
SHARES
6
VIEWS

शिवसताक्षीमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नगरकै ठूलो सहकारी संस्था छिमेकी साकोसको आयोजना र स्थानीय सेभेन सीज इङ्लिस बोर्डिङ स्कूलको सहआयोजनामा सो शिविर सम्पन्न भएको हो ।

शहीद दिवसको अवसर पारेर शिविर आयोजना गरिएको आयोजक छिमेकी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मोहनप्रसाद मैनालीले जानकारी दिए । ओमसाई पाथीभरा अस्पताल भद्रपुर र दृष्टि आँखा तथा कान अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा शिविर संचालन भएको थियो ।

शिविरमा स्त्रीरोग, बालरोग, जनरल फिजिसियन, कान र आँखा सम्बन्धी रोगका बिरामीहरूले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए । सो सिविरमा ओमसाई पाथीभरा अस्पताल भद्रपुरका डाक्टर कुन्दनकुमार यादव, डाक्टर जयकुमार ठाकुर र डाक्टर श्रवणकुमार राउतले विरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।

स्वास्थ्य परीक्षण गर्न आउने विरामीहरूले औषधि पनि निःशुल्क पाएका थिए । शिवसताक्षी नगरपालिका, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ झापा, नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ मेची र दृष्टि आँखा तथा कान अस्पतालले करिब दुई लाख ५० हजार रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरेको हो ।

सो शिविरमा ५६२ जनाले स्वास्थ्य सेवा पाएको आयोजकले जनाएको छ । बृहत स्वास्थ्य शिविरमा रक्तदानसमेत भएको थियो । रेडक्रस उपशाखा शिवसताक्षी र दमकको प्राविधिक सहयोगमा रक्तदान भएको आयोजक संस्थाका प्रबन्ध निर्देशक नरप्रसाद ओलीले बताए ।

आयोजक संस्थाका अध्यक्ष मैनालीको अध्यक्षतामा भएको सो कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष सन्तकुमार फेउदेनले समाज रूपान्तरणका लागि वित्तीय संघ–संस्थाहरुले पुर्याएको योगदानको प्रशंसा गरे । ‘सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय र शैक्षिक संस्थाले समाज रूपान्तरणका लागि महत्वपूर्ण भूमिका खेलेका छन्’ उनले भने ।

छिमेकी बचत तथा ऋण सहकारी संस्था, संचालक समिति सदस्य संगीता कोइराला सुवेदीले सञ्चालन गरेको कार्यक्रमको औचित्य माथि कार्यक्रम संयोजक उदयप्रकाश राईले प्रस्ट्याएका थिए । उनले छिमेकी बचत तथा ऋण सहकारी संस्थाले वर्षेनी समुदायमा रचनात्मक काम गर्दे आएको बताए ।gopalkaflesajhamanchabata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार