वीरता जेसीजको स्थगित साधारणसभाको प्रक्रिया सुरु… किचलो कायमै

0
SHARES
38
VIEWS

वीरता जेसीजको स्थगित साधारणसभाको प्रक्रिया बुधबारबाट सुरु भएको छ । सदस्य विवादले रोकिएको साधारणसभा हिजो साँझबाट सुरु भएको हो । असन्तुष्ट पक्षसँगको सहमतिपछि स्थगित साधारसभा सुचारु गरिएको बताइएको छ ।

नेपाली कांग्रेसमा आवद्ध युवाहरुको बाहुल्य रहेको वीरता जेसीजमा आपसी विवादका कारण ४३ औं साधारणसभा विवादित बनेको छ । माघ ९ र १० गतेका लागि साधारणसभा तोकिएको थियो । १० गते १९ जना सदस्य विवादका कारण स्थगित साधारणसभा सुचारु गरिए पनि विवाद अन्त्य नभएको बुझिएको छ । एउटै विचार समूहको बोलबाला हुँदा पनि वीरता जेसीजमा किचालो कायमै रहेको छ ।

अध्यक्ष घनश्याम चौधरीका अनुसार विधिमा चल्ने संस्था भएकाले विवादलाई लामो समय राख्न हुदैन । विवाद समाधान गरेर नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढेको उनको भनाई छ । सबैलाई जानकारी गराएर सहमति बमोजिम प्रक्रिया अघि बढाएको चौधरीको भनाई छ ।

यता, वीरता जेसीजका कार्यकारी उपाध्यक्ष गणेश खतिवडाले कार्यक्रममा आफुहरुलाई ढिलो गरेर जानकारी गराएको बताए । पर्याप्त समय समेत प्रदान नभएको भन्दै उनीहरुले रातीको समयमा स्थगित गर्न निवेदनसहित माग गरेका थिए । तर, निर्वाचन समितिले प्रक्रिया अघि बढाएको थियो ।

निर्वाचन अधिकृत प्रविन खड्काका अनुसार ककस सकिएको छ । निर्वाचन समितिले उम्मेदवारहरुको नामावली प्रकाशन देखि निर्विरोध चयन भएकाहरुको नामावली सार्वजनिक गरिसकेको छ । निर्वाचनअघि उम्मेदवारहरुबीच सहमति नभए निर्वाचन प्रक्रिया अघि बढ्ने निर्वाचन अधिकृत खड्काले जानकारी दिए । अध्यक्ष र कार्यकारिणी उपाध्यक्ष बाहेक सबै पदमा निर्विरोध भइसकेको छ ।

सन् २०२४ को लागि अध्यक्षमा विकास बस्नेत, दिवाकर लाल चौधरी, टिकाराम खतिवडा, सुरज चौधरीले उम्मेदवारी दिएका छन् । यस्तै कार्यकारी उपाध्यक्षमा प्रभात मास्के, अमरजित शाह र एलसी श्रेष्ठले उम्मेदवारी दिएका छन् । कार्यकारी उपाध्यक्ष २ जना रहने व्यवस्था छ ।

जनसम्पर्क अधिकारी राज मुखिया, तालिम संयोजक वाप्पा शाह, प्रकरण निर्देशक दिपेन धिमाल, संयुक्त सचिव प्रज्वल विमली , उपाध्यक्षहरु डिकबहादुर गहतराज ‘अभिषेक’, सुशिल थापा, विज्ञानराज पौडेल र सुवास तिखत्री निर्विरोध भइसकेको निर्वाचन समितिले जनाएको छ ।

माघ १० गते विवाद भएको सदस्यताको सन्दर्भमा भोट नहुने गरी मान्यता प्रदान गरेको बुझिएको छ । सदस्यता सदर गरे पनि यो निर्वाचनमा भोट दिन नपाउने अध्यक्ष चौधरीको भनाई छ । मतदाता नामावलीमा समेत १९ जनाको नाम प्रकाशन गरिएको छैन । तर, त्यहि १९ जनामध्ये १ जना पदाधिकारीमा निर्विरोध भएको विषय बाहिर आएको छ । अध्यक्ष चौधरी भन्छन्, कसैले पनि दावी विरोध नगरेपछि नाम रहेको हुन सक्छ । त्यसको जवाफ निर्वाचन समितिले दिने हो ।

यता, अध्यक्षका बलियो दावेदार युवराज कुँवर कार्यक्रममा सहभागी नै भएका छैनन् । उनले अध्यक्षमा अन्तिमसम्म दावी गर्दा पनि उनलाई रोक्ने काम भएको छ । सन् २०२५ मा अध्यक्ष बनाउने अग्रजहरुको प्रतिवद्धतापछि उनी पछि हटेका छन् ।

अध्यक्षका उम्मेदवार दिवाकर लाल चौधरीले उम्मेदवारहरु नै ककसमा सहभागी हुन नपाएको आरोप लगाए । उनले रातारात नेतृत्व चयन गर्नुपर्ने कुनै पनि बाध्यता नभएको बताए । वीरता जेसीजमा नेतृत्व चयनलाई लिएर बल प्रयोग गर्ने काम भयो । विधिमा चल्ने संस्थामाथि केहि व्यक्तिको हस्तक्षपेल नेतृत्व चयन प्रक्रिया स्वच्छ नभएको उनको भनाई छ । विधि अनुसार प्रक्रिया अघि बढ्न नसकेको चौधरीले बताएका छन् ।ijalasbata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार