सोमवार बाणिज्य सघंको निर्वाचन हुदै— मैनाली र न्यौपानेको प्यानल विच कडा प्रतिस्पर्धा

0
SHARES
20
VIEWS

राजकुमार ओली झापा
भोलि फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य सङ्घ को निर्वाचनमा दुवै पक्षको अन्तिम तयारी सकिएको छ।

आज बेलुका ४ बजेसम्म दुवै प्यानलले आफ्नो जितको लागि भोट मागिरहेका थिए। भोलि बिहान ८ बजेदेखि हुने चुनावको लागि निर्वाचन कार्यालयले भोट माग्न आचार संहिता लागू गरिएपछि दुवै पक्षको अन्तिम तयारी सुरु भएको छ।
आज बिहानदेखि नै निवर्तमान महासचिव अर्जुन मैनालीको टिम र वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेको टिम बिर्तामोडका चोकचोक र गल्लीगल्लीका व्यवसायीहरूको घरघरमा पसलपसलमा भोट माग्न व्यस्त देखिन्थे। पूर्वकै व्यस्त र आर्थिक कारोबारले ठूलो मानिने उद्योग वाणिज्य संघको चुनावलाई निकै गम्भीरका साथ व्यवसायीहरूले हेरिरहेका छन्।
लामो समयदेखि नेपाली कांग्रेसले एक छत्र शासन गरेको बिर्तामोड उद्योग वाणिज्य संघमा राजु न्यौपानेको टिममा धेरै अनुहारहरू दोहोरिएका छन् भने महासचिव अर्जुन मैनालीको टिममा धेरै अनुहारहरू युवा र नयाँ देखिन्छन्। विगतमा लामो समयदेखि केही गर्न नसकिरहेको आक्षेप लागेको अध्यक्ष प्रकाश शिवाकोटीको टिमलाई राजु न्यौपानेले प्यानल बनाएर भोट मागिरहेका छन्। तर व्यवसायीहरुले नयाँ अनुहार र युवाहरूको टिम खोजेको स्थानीय व्यवसायी हरूको बुझाइ छ। बिर्तामोडका सफल युवा व्यवसायी याम खरेल भन्छन् पुराना अनुहारबाट खासै केही देखिएन।
अब नयाँ अनुहारबाट हेर्न बाँकी छ। त्यसकारणले पनि बिर्तामोडमा युवा र उर्जाशील टिमले विजय भइदिए हुन्थ्यो भन्ने व्यवसायीहरूको अनुमान देखिएको छ

त्यस्तै बिर्तामोडकी सफल मेडिकल व्यवसायी नर्मदा भट्टराई स्वतन्त्र विचारधाराको सबै व्यवसायीहरूलाई समान व्यवहार गर्न सक्ने समस्या आउँदा साहस गरेर व्यवसायको हितमा जान सक्ने मान्छेको खाँचो रहेको बताउनुहुन्छ।
आफूहरुले हिजोको दिनमा घरभाडाको विषयमा निकै शास्ती बेहोरेको तर वर्तमान वाणिज्य संघको टिमले खासै पहल नगरेको देखेको हुँदा यहाँका समस्या हरू घरभाडा सम्पत्ति कर बजार बन्दका चुनौती लाई साहसिक किसिमले चिर्ने अध्यक्ष आइदिए हुन्थ्यो भन्ने आफूलाई लागेको भट्टराई ले बताउनुभएको छ।

अध्यक्षका उम्मेदवार अर्जुन मैनालीले कृषिथोक बजारमा देखेका समस्याहरुलाई नजिकबाट नियालिरहेको र देवीघाटका विस्थापित व्यवसायीहरुलाई सोही जमिनमा बन्ने कमर्सियल भवनमा व्यवस्थापन गर्न आफू लाग्ने र बिर्तामोडमा रात्रिकालीन बजार व्यवस्थापन गर्न आफू लागि परेको बताउनुभएको छ भने अर्का प्रत्याशी उम्मेदवार राजु न्यौपानेले आफूले व्यवसायीहरूको भावना बुझेर काम गर्ने र पुराना अध्यक्ष प्रकाश शिवाकोटीहरूले गर्न बाँकी रहेको कामहरू पूरा गर्ने लक्ष्य राखिएको बताउनुभएको छ।

बिर्तामोड उद्योग वाणिज्य संघमा ५,६०० व्यवसायीहरु आबद्ध भएका छन् भने भोलिको निर्वाचनमा ४,८०० मत खस्ने अनुमान गरिएको छ। राजु न्यौपानेको प्यानलमा धेरै अनुहार पुरानै छन् भने अर्जुन मैनालीको प्यानलमा युवा र नयाँ अनुहार देखिएका छन्। लामो समयदेखि काम गर्दै आएको नेपाली कांग्रेसको टिमका व्यवसायीहरु आफूहरू बिर्तामोड कांग्रेसका व्यवसायीहरूको गड भएकोले जित सुनिश्चित भएको दाबी गर्छन् भने नेकपा एमाले निकट मानिएका अर्जुन मैनालीको प्यानलले सबै किसिमका युवाहरूको टिम बनाएकोले र बिर्तामोड नगरपालिकासँग सहकार्य गर्न सक्षम टिम भएकोले आफ्नो जितको लागि सहज भएको बताउनुभएको छ। सोको परिणाम हेर्न भोलि सोमबार हुने निर्वाचन र त्यसपछि हुने मतगणना सम्म कुर्नुको विकल्प छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार