झापा गोल्डकप उद्घाटनमा महेश काफ्ले र अस्मिता अधिकारीले प्रस्तुति दिने

0
SHARES
3
VIEWS

झापा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उद्घाटनमा गायक महेश काफ्ले र अस्मिता अधिकारीले प्रस्तुति दिने भएका छन् ।

फागुन १९ गते दिउँसो १२ बजेदेखि हुने औपचारिक कार्यक्रममा महेश र अस्मिताले आफ्नो चर्चित गीत प्रस्तुत गर्ने छन् ।उनीहरुको युगल गीत लज्जावती झार, जून टिपी दिउँकी गीत चर्चित छन् ।

महेशका गीतहरु नाच फिरिरी, माया बिरानी तथा अस्मिताका काले केटाले, बाबरी रङ, टाढा भए पनि गीत लोकप्रिय छन् । दर्शकलाई फुटबलसँगै सांगीतिक मनोरञ्जन दिने उद्देश्यले आयोजकले कलाकारद्वयलाई रंगशालामा उतार्ने भएको हो ।

धुलाबारीको इस्ट होराइजन माविका विद्यार्थीहरुले पनि सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने आयोजकको तालिका रहेको छ । झापा गोल्डकपको छैटौँ संस्करण फागुन १९ गतेदेखि सुरु हुँदैछ ।

उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपीएफ एफसी र संकटा एफसीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ एफसीसहित १० टोलीको सहभागिता रहेको छ ।

फागुन २८ गते हुने फाइनल खेलको विजेताले नगद १३ लाख र आकर्षक ट्रफी पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार