खेलाडी कार्कीलाई सम्मान गर्दै कालिका वनको साधारण सभा सम्पन्न- वार्षिक कारोबार १ करोड ७६ लाख

0
SHARES
4
VIEWS

कालिका सामूदायिक बन उपभोक्ता समूह मेचीनगर ११ र १२ ले बुधबार एकजना खेलाडीलाई सम्मान गरेको छ । समूहको २८ औँ साधारणसभाको अवसर पारेर नेपाल सितोरियो करातेका राष्ट्रिय रेफ्री राजेन्द्र कार्कीलाई नगदसहित सम्मान गरेको हो ।

साधारणसभाको उद्घाटन गदैं कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोख्रेल उप्रेतीले सम्मानित व्यक्तित्व कार्कीलाई नगदसहित मायाको चिनो प्रदान गर्नुभयो । समूहका अध्यक्ष योगराज भट्टराईले उद्घाटन सत्रको अध्यक्षता गदैं वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
२०५२ सालमा साविक धाइजन गाविसको १,२,३,४,५ र ६ नम्बर वडालाई लक्षित गरेर सामूदायिक बनको रुपबाट सञ्चालनमा आएको बनको कुल क्षेत्रफल २ सय १२ हेक्टर रहेको प्रतिवेदनमा उल्लेख छ ।

२०७३ सालदेखि नयाँ बन नीति तथा कार्यक्रम अन्तर्गत १ सय ९९ हेक्टर बैज्ञानिक बन व्यवस्थापन र १३ हेक्टरमा सिमसार क्षेत्रफल विभाजन गरि संरक्षण गरिएकामा सरकारको नयाँ नीति तथा कार्यक्रम अनुरुप दीगो बन व्यवस्थापन अन्तर्गत हाल संरक्षण गरिदैं आएको अध्यक्ष भट्टराईले जानकारी गराउनुभयो ।
१ हजार ३ सय ६५ घरधूरी बनका उपभोक्ता रहेका र उनीहरुको हकमा उच्च,मध्यम, विपन्न र अति विपन्न वर्गालाई विभिन्न भागमा विभाजन गरी सोहिअनुरुपको सेवा र सुविधा दियैं आएको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । समूहले वार्षिक रुपमा १ करोड ७७ लाख ९१ हजार रुपैयाँको कारोवार गदैं आएको छ ।

कार्यक्रममा बोल्दैं प्रमुख अतिथि नगरउपप्रमुख उप्रेतीले नगरभित्र रहेका सामूदायिक वनहरुले नगरक्षेत्रभित्र पर्या—पर्यटनमा निक्कै ठुलो योगदान पुरयाएको चर्चा गर्नुभयो । वन नीति (हुभर फर्मुला अहिलेको नयाँ काठ मापन विधी), वन डढेलो, चोरी निकासी तथा तस्करी, जलवायु परिवर्तनका असरहरु, वन्यजन्तुले क्षति पुर्याएका बालीनालीमा दिने राहतमा ढिलासुस्ती, सामुदायिक वनमा चुरेक्षेत्रबाट ढुङ्गा, गिटी वालुवाको दोहन नगरमा रहेका सामुदायिक वनको क्षेत्रमा देखिएका मुख्यः चुनौती रहेको यी चूनौती समाधानमा स्थानीय सरकार सक्रियपूर्वक लागि पर्ने प्रतिवद्घता व्यक्त गर्नुभयो ।

मेचीनगरभित्र कालिका सामूदायिक वनको कालिका सिमसार, बाँसबारी सामूदायिक वनको बाँसबारी सिमसार, मागुमाडी सामूदायिक वनको मागुरमाडी सिमसार,खुट्टीडाँगी सामूदायिक वनको खुट्टीडाँगी सिमसार, हातेमालो सामूदायिक वनको निचाझोडा सिमसार, प्रगति सामूदायिक वनको कालीखोला सिमसारले पर्या—पर्यटनमा निक्कै ठुलो भूमिका खेलेको नगर प्रमुख र उप्रमुखको भनाई थियो ।
सिमसार बाहेक पर्या—यर्पटनमा थोप्लेबिरान सामूदायिक वन र तेलपानीको सामूदायिक वन बृन्दावनकारुपले समेत निक्कै चर्चा कमाएको बताइएको छ ।
सामुदायिक वन जिल्ला महासंघ झापाका अध्यक्ष बेदप्रकाश भण्डारीले सामुदायिक वनमा लगाइएको तेहेरो कर फिर्ता हुनु, पान नम्बर सहजरुपमा प्राप्त गर्नु, दिगो वन ब्यवस्थापनको कार्यक्रम अघि बढ्नु, जलवायु परिवर्तनको असरलाई न्यूनिकरण गर्न अनुकूलनका योजनाहरु तयार गर्नु, सामुदायिक वनहरु पर्या—पर्यटन उद्यममा अगाडी बढ्नु, वनक्षेत्रभित्र वन्यजन्तुका लागि खाद्य आहार, बास, केरा रोपण, र पिउने पानीको निम्ती पोखरीहरुको संरक्षण गर्नु, वनक्षेत्रमा डिपिआर तयार गरेर सोलार फेन्सिङ्गमार्फत जंगली हात्तीको क्षति रोकथामको निम्ती ७५ किलो मिटर डिपिआर भएकोमा मेचीनगरको बाँसबारी, मागुरमाडी बिट नम्बर १ र २, थोप्लेबिरान सामुदायिक वनक्षेत्रमा फेन्सिङ्ग गरी गाउँक्षेत्रमा हात्ती प्रवेशका निम्ती रोक लगाउनुलाई निक्कै ठूलो उपलब्धिकारुपमा लिइएको बताउँदैं मेचीनगरका धेरै सामुदायिक वन श्रोत विहीन भएकाले सञ्चालनमा समस्या आउने गरेको स्पष्ट पार्नुभयो । सामुदायिक वन क्षेत्रको सवैभन्दा ठूलो चूनौती जंगली हात्ती आतंक रहेको समेत स्पष्ट पारियो । मेचीनगर महासंघमा १३ वटा सामुदायिक वनहरु आबद्घता र क्रियाशील रहेका छन् । यी नगरभित्र रहेका वनले कुल २ हजार ३२ दशमलव १७ प्रतिशत हेक्टर वन क्षेत्रफल ओगटेको छ ।

कार्यक्रममा नेकपा एमाले ११ नम्बर वडाका पार्टी अध्यक्ष सागर ओली सामूदायिक बन मेचीनगर महासंघका अध्यक्ष जानुका ओली लगायतले बोल्नुभएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा कालिका सामूदायिक बन उपभोक्ता समूह मेचीनगरका उपाध्यक्ष संगीता चौधरीले शब्दद्वारा स्वागत र सहसचिव खेमराज राईले सञ्चालन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार