इलाम २ मा नेम्बाङदेखि सुवेदी सम्मको उम्मेदवारी

0
SHARES
0
VIEWS

मुख्य पृष्ठ
समाचार
सोच
कला
बजार
खेलकुद
प्रवास
रोचक
स्वास्थ्य
मल्टिमिडिया
पाँच प्रश्न
English

इलाम–२ को उपनिर्वाचनमा एमालेबाट उम्मेदवार बन्न ६ जनाको दाबी
38
Shares
facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonemail sharing button
दैनिक नेपाल२०८० फागुन २७ गते १९:०१

इलाम, २७ फागुन । प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि इलाम–२ बाट उम्मेदवार बन्न एमालेका ६ जनाले दाबी गर्नुभएको छ । उम्मेदवारी दिन इच्छुकका लागि आफ्नो व्यक्तिगत विवरणसहित कार्यदलमा निवेदन दिन आइतबारसम्म समय तोकिएको थियो ।

दिवंगत नेता सुवास नेम्वाङका छोरा सुहाङसहित ६ जनाले उम्मेदवार बन्नका लागि पार्टीको जिल्ला कमिटीले गठन गरेको उम्मेदवार छनोट कार्यदलमा निवेदन दिनुभएको हो ।

निवेदन दिनुहुनेहरुमा सुहाङ नेम्वाङ, रवीन्द्र सुवेदी, डा. देवी क्षेत्री दुलाल, नरेन्द्रनाथ भट्टराई, बुद्धिप्रसाद खनाल र रिपल राई हुनुहुन्छ ।

आइतबार साँझसम्म कार्यदलमा ६ जनाको निवेदन आएको सचिव उमेश गुरुङले जानकारी दिनुभयो ।

निवेदन दिनेहरुमध्येबाट कार्यदलले सोमबार कोही एक जनाका लागि सर्वसम्मति खोज्ने प्रयास गर्ने जनाइएको छ ।

सहमति नजुटेको अवस्थामा चैत ३ गते जिल्ला सचिवालयमा सबैको नाम पेस गरिने छ । त्यसपछि पार्टी जिल्ला कमिटीले चैत ५ गतेसम्म उम्मेदवारको नाम केन्द्रीय समितिमा पठाउने छ ।

संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो । उहाँको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार