डोमालाल राजबंशी रंगशालाका परिवारलाई सुविधा सम्पन्न घर बनाइदिने घोषणा

0
SHARES
1
VIEWS

झापा गोल्ड कप समितिले डोमालाल राजबंशी रंगशालाका परिवारलाई सुविधा सम्पन्न घर बनाइदिने भएको छ ।

घर र शालिक बनाउने घोषणा

आज झापा गोल्ड कपले बिर्तामोड स्थित किङ्गसवेरी होटलमा आयोजना गरेको प्रिम्याच कन्फ्रेन्समा अध्यक्ष विनोद वस्नेतले डोमालाल राजबंशी रंगशालाका परिवारलाई घर बनाइदिने घोषणा गरेका हुन् ।

उनले रंगशालामा डोमालाल राजबंशीको शालिक निर्माण समेत गरिने जानकारी दिए ।

दर्शकको अपार माया

झापा गोल्ड कपलाई दर्शकहरूले अपार माया गरेको वस्नेतको भनाई छ । उनका अनुसार झापालाई फुटबलको हव बनाउन सबैको साथ र सहयोग रहेको छ ।

भोलि फाइनल
एपीएफ र चर्च ब्वोइज
यही फागुन १९ गतेदेखि भइरहेको अर्ना छैटौँ झापा गोल्ड कपको फाइनल भोलि हुँदैछ । फाइनलमा च कडा प्रतिस्पर्धा हुन भएको छ । दुवै टिम झापा गोल्ड कपमा पहिलो पटक फाइनलमा पुगेको हो ।

प्रिम्याच कन्फ्रेन्समा सशस्त्र प्रहरीको विभागीय टोली एपीएफ एफसी र चर्च ब्वोइज युनाइटेड क्लब काठमाडौंका दुवै टिमले जित्ने दावी गरेका छन् ।

चर्च ब्वाइजका टिम क्याप्टन दीप कार्की र कोच रोबिन राई तथा एपीएफ टिम म्यानेजर सुशिल अधिकारी र क्याप्टेन हरि कार्कीले फाइनलको उपाधि हात पार्ने बताएका छन् ।

दुवै टिमका कोच र क्यापटेनले जित्ने आधारहरू प्रस्तुत गरेका छन् । चर्च ब्वाइजका कोच रोबिन राईले डोमालाल राजबंशी रंगशाला दक्षिण एशियाकै उत्कृष्ट मैदान रहेको बताए ।

‘सुरक्षित मैदानका कारण खेलाडीलाई खेल्न सजिलो भएको छ’, राईले भने–‘५० प्रतिशत त्यसै जितिसक्यो आशा छ, अब बाँकी ५० प्रतिशत खेलेरै जित्ने छौँ ।’ उनका अनुसार क्याप्टन कार्कीले खेलाडीहरु यङ र अनुभवि छन्, निक्कै प्रतिस्पर्धा भएपनि अन्तमा जित हाम्रै हुनेछ ।

यता एपीएफ टिम म्यानेजर सुशिल अधिकारीले टिम स्ट्रङ्ग छ, किपर व्यष्ट भएकाले यस पटकको झापा गोल्ड कप को उपाधि उचाल्ने दावी गरे । प्रिम्याच कन्फ्रेन्सको सहजिकरण म्याच कमिस्नार केशवराज दाहालले गरेका थिए ।

कन्फ्रेसमा झापा गोल्डकपका विषयमा उठेका प्रश्नको अध्यक्ष वस्नेत र महासचिव गजेन्द्रबहादुर पौडेलले जवाफ दिएका थिए ।
झापा गोल्ड कपको विजेताले १३ लाख तथा उपविजेताले ७ लाख नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार