दमक क्याम्पसलाई स्ववियूको अल्टिमेटम – कर्मचारीलाई तलव खुवाएको खुलासा

0
SHARES
14
VIEWS

दमक बहुमुखी क्याम्पसमा विद्यार्थी कल्याण कोषको ५५ लाख रुपौँया रकम आर्थिक संकटको बहानामा सापटी स्वरुप क्याम्पसले लिएर कर्मचारीलाई तलव खुवाएको खुलासा भएको छ ।
क्याम्पस प्रमुखले यो रकम अपचलन नभई रकमान्तर गरेको स्वीकारेका छन् ।
दमक बहुमुखी क्याम्पसमा विद्यार्थी कल्याण कोषको ५५ लाख रुपौँया रकम अपचलन भएको विद्यार्थीले आरोप लगाएको भन्दै स्वतन्त्र विद्यार्थी युनिय (स्ववियु)लेविज्ञाप्ति जारी गरेपछि सो विषयमा दमक क्याम्पस प्रमुखले आफूले विद्याथी नेताहरुलई भेटेर विज्ञाप्ति सच्याउन आग्रह गरेको बताए ।
दमक क्याम्पस प्रमुख यज्ञराज गिरीले अपचलन नभई सापटीको रुपमा लिएर क्याम्पसको कर्मचारी तलव शिर्षकमा खर्च गरिएको जानकारी दिए । उनले क्याम्पसमा तलव खुवाउन समेत समस्या परेको बेला आठवर्ष अगाडी नै सापटी स्वरुप लिएको रकम भएको प्रमुख गिरीले स्वीकार गरेका छन् ।

क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष ढुण्डीराज भण्डारीले यो विषय आफू ब्यवस्थापन समितिमा आउनु भन्दा अगाडीको भएकाले सो बारे आफू अनविज्ञ भएको बताए । उनले यो लेखा र क्याम्पस प्रशासनसँग सम्बन्धित भएकाले क्याम्पस प्रशासनमा बुझेर मात्रै प्रतिक्रिया दिने बताए ।

उनले ब्यवस्थापन समितिको बैठक बसेर छिटै यो विषय समाधान गरिने जनाएका छन् ।

दमक क्याम्पसका विद्यार्थीहरुले भने विद्यार्थी कल्याण कोषको रकम रकमान्तर गर्नु नहुने भन्दै यो लज्जाको विषय भएको प्रतिक्रिया दिँदै आएका छन् । स्वतन्त्र विद्यार्थी युनिय (स्ववियु)ले यही महिनाको २३ गते विज्ञप्ति जारी गर्दै तुरुन्त विद्यार्थी कल्याण कोषको सो रकम ब्यवस्थापनबारे उचित निर्णय लिन ४८ घण्टे अल्टिमेटम प्रसासनलाई दिएको जनाएको छ ।

स्ववियू कार्यवाहक सभापति सन्जय राई र सचिव दिपक मादेनको हस्ताक्षर रहेको विज्ञप्तिमा विभिन्न शिर्षकमा विद्यार्थीहरुबाट संकलन भएको रकम दुरुपयोग भएको बताईएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘विभिन्न काल खण्डमा विद्यार्थीहरुको कल्याणका लागि भनि स्थापित विभिन्न कोषहरुको उचित व्यवस्थापन हुन नसकेको र विभिन्न शिर्षकमा विद्यार्थीहरुबाट संकलित रकमको सहि सदुपयोग नभएको हुँदा उक्त विषय प्रति दमक बहुमुखी क्याम्पस स्ववियूको गम्भिर ध्यानाकर्षण भएको छ ।’

केहि बर्ष अगाडी विद्यार्थी कल्याण कोषको रकम क्याम्पस प्रसासनले अन्य शिर्षकमा अपचलन गरेको तर हालसम्म पनि फिर्ता नगरेको भन्दै स्ववियूले ४८ घण्टा भित्र सो रकमका बारेमा उचित ब्यवस्थापन गर्न क्याम्पस प्रसासनलाई अल्टिमेटम दिएको विज्ञाप्तिमा उल्लेख छ ।onlinebata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार