विर्तामोडमा छुरा प्रहार— ५ जना पक्राउ – मुर्मुको अवस्था चिन्ताजनक

0
SHARES
114
VIEWS

आज राति ०८ः२० बजे बिर्तामोडको पश्चिम बस स्टेन्डमा चक्कु प्रहारबाट घाइते भएका युवाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चक्कु प्रहारबाट घाइते युवा बिर्तामोड-१ का २३ वर्षीय सुनिराम मुर्मू रहेका छन् । त्यस्तै, घटनामा संलग्न भएको आशंकामा पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएकाहरुका बिर्तामोड-१ बस्ने २३ वर्षीय राम टुडू, २९ वर्षीय सुसान मुर्मू, बिर्तामोड-६ बस्ने १९ वर्षीया एलिना श्रेष्ठ, अर्जुनधारा-११ बस्ने ३० वर्षीय सरोज सहनी र कनकाई-१ बस्ने २३ वर्षीय मनोज विक रहेका छन् ।

सुनिरामलाई छुरा प्रहार गर्नुको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । उनीहरुबीच झैझगडा हुँदा चक्कु प्रहार भएको हो ।

सुनिरामका देब्रे हातको कुममा र ढाडको माथिपट्टि गर्दनको भागमा चोट लागेको प्रहरीले जनाएको छ । उनको स्पाइन एक्स अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ भने अवस्था गम्भीर रहेको छ ।jhapatoday

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार