गायिका पवित्रा ओलीको गीतमा म्युजिक भिडियो बन्दै

0
SHARES
9
VIEWS

६० सालमा रेकर्ड गरिएको गीतमा ६० सालमै जन्मेकी नायिकाको अभिनय:

रेडियो नेपालमा स्वर परीक्षा दिंदा झापा भद्रपुर-७ की गायिका पवित्रा ओलीले वि. सं. २०६० मा गाउनुभएको `ढाका टोपी लाउने दाजै´ बोलको गीतको २०८० मा आएर म्युजिक भिडियो निर्माण गरिएको छ । उक्त गीतको रचना तथा संगीत गायिका ओलीका संगीत गुरु पद्मकन्या क्याम्पसका प्राध्यापक नुच्छे बहादुर डंगोलले गर्नुभएको थियो ।
संयोग कस्तो छ भने उक्त गीतमा वि. सं. २०६० मा जन्मेकी झापा भद्रपुर-९ की सोनिया कटुवालले मुख्य अभिनय गरेकि छिन् । अर्को संयोग के छ भने उक्त गीतमा सोनियाकै गुरु यानिकी मेची बहुमुखी क्याम्पसका प्राध्यापक डा. कुमार सुवेदीले पनि मुख्य अभिनय गर्नुभएको छ ।
यसका साथै उक्त गीतमा सप्तक संगीत विद्यालय विर्तामोडका गुरु सरोज वत्सले बाबुको र गुरुमा सञ्जिवनी पाैडेलले आमाको अभिनय गर्नुभएको छ ।
यसरी गुरुगुरुमा र चेलाचेलीको मात्र सहकार्यमा निर्माण भएको भिडियो नेपाली संगीतको इतिहासमा सायदै अर्को अभूतपूर्व संयोगको विषय बनेको छ । यस्को निर्देशन पितमकुमार धमला(झापाली कान्छा) अनि सिनेमाटोग्राफी र इडिटिङ्ग सुवास मेन्याङ्गबोले गर्नुभएको थियो । सुमधुर  स्वरकी धनी रेडियो नेपालकी गायिका पवित्रा ओलीले गाउनुभएको मार्मिक गीतको भिडियोमा डा. कुमार सुवेदी र सोनिया कटुवालको अभिनयले सायदै जोकोहीका आँखा रसाउने छन् । उक्त भिडियो Kumar Subedi Official नामको YouTube Channel मा हेर्न सकिनेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार