२०८१ को अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम आयोजना

0
SHARES
17
VIEWS

वीरता लेडी जेसीजले नयाँ वर्ष २०८१ को अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । लेडी जेसीजले संस्थाका पूर्व अध्यक्षहरू, मानार्थ सदस्यहरू र नयाँ सदस्यहरूका बीचमा शुभकामना आदानप्रदान गरेको हो ।

विशेष गरी नयाँ सदस्यता लिएका सदस्यलाई लक्षित गरी जेसीज अभियानप्रति उत्प्रेरित गर्ने उद्देश्यले नयाँ वर्षको अवसर पारेर कार्यक्रम आयोजना गरिएको वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीले बताउनुभयो ।
नयाँ सदस्यहरूमा नेतृत्व क्षमताको विकास गरी उनीहरूलाई अभियानमा थप जागरुक बन्न प्रेरणा मिल्ने अपेक्षाका साथ आयोजना गरिएको कार्यक्रममा संस्थाको वर्तमान कार्यसमितिले अहिलेसम्म गरेका सामाजिक गतिविधिमाथि चर्चा परिचर्चा गरिएको थियो ।
कार्यक्रममा वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लबकी अध्यक्ष कञ्चना सिटौला, निवर्तमान अध्यक्ष संगीता गिरी, कार्यकारिणी उपाध्यक्ष निशा शाक्य, उपाध्यक्ष अस्मिता राई लगायतले आ(आफनो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार