राष्ट्रिय संयुक्त मोर्चाले बिर्तामोडको मुक्तिचौकमा राखिएको राष्ट्रिय झण्डा र ग्रेटर नेपालको नक्सासहितको होडिङ वोर्ड चोरी भएको भन्दै त्यसको खोजी गर्न माग गरेको छ ।

राष्ट्रिय संयुक्त मोर्चाका संयोजक रामचन्द्र वानियाँ क्षेत्रीले राष्ट्रिय संयुक्त मोर्चाले बिर्तामोडको मुक्तिचौकमा राष्ट्रिय झण्डा र ग्रेटर नेपालको नक्सासहितको होडिङ वोर्ड राखिएकोमा अहिले त्यो चोरी भएको बताउँदै त्यसलाई तत्काल खोजी गरिदिनुहुन आग्रह गर्दै झापाका प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाद वाँस्तोलालाई ज्ञापन पत्र वुझाएका छन् ।

उनले बिर्तामोड नगरपालिका, इलाका प्रहरी कार्यालयमा समेत ज्ञापन पत्र बुझाउँदै राष्ट्रिय झण्डा र ग्रेटर नेपालको नक्सासहितको होडिङ वोर्ड खोजी गर्न आग्रह गरेका छन् ।

कुनै समय पूर्वमा टिस्टादेखि पश्चिममा काँगडासम्म पुगेको नेपालको भूमि सुगौली सन्धिपछि मेची र महाकालीमा खुम्चिन पुगेकाले ग्रेटर नेपाल अन्तर्गत पूर्वमा टिस्टादेखि पश्चिममा काँगडासम्मको ‘ग्रेटर नेपाल’ सार्थक बनाउन विश्वभरि छरिएका सम्पुर्ण नेपालीलाई एकजुट गर्दै राष्ट्र, राष्ट्रियता, धर्म संस्कृतिको संरक्षण एवम् सम्वद्र्धन गरी राष्ट्र बचाउन उनले आग्रह गरेका छन् ।

आफ्नो दलगत स्वार्थभन्दा माथी उठेर राष्ट्रको अस्तित्व बचाउन उनले राजनीतिक दलका नेताहरुलाई आग्रह गरेका छन् । अहिले नेपालको सीमाना अतिक्रमण हुनुका साथै धर्म संस्कार,संस्कृतिमाथी नै प्रहार भइरहेकाले त्यसकोविरुद्ध संसार भरिका नेपाली एक हुन आवश्यक रहेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *