बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली

0
SHARES
3
VIEWS

बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वेबमा आधारित भौगोलिक सूचना प्रणाली लागू गरेको छ ।

दियालो टेक्नोलोजी सँगको सहकार्यमा संस्थाले भौगोलिक सूचना प्रणाली लागू गरेको हो । खानेपानीका उपभोक्ताको सम्पूर्ण जानकारीसहित भौगोलिक सूचना प्रणाली लागू भएको संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाले जानकारी दिए ।

पाइपलाइन, घरपरिवार र अन्य पूर्वाधारको भौगोलिक सूचना प्रणालीमा आधारित नक्सा तयार गरिएको छ । सार्वजनिक प्रयोगका लागि मोबाइल एप समेत निर्माण गरिएको अध्यक्ष बाँस्तोलाले बताए ।

भौगोलिक सूचना प्रणालीमा आधारित डिजिटल नक्सा तयार गरिएकाले मिटर रिडिङ उद्देश्यका लागि स्थान खोज्न सजिलो हुने दियालो टेक्नोलोजीका प्रमुख बजार अधिकृत रोशन गौतम बताउँछन् ।

खानेपानी संस्थाको समग्र सम्पत्तिको विवरणसहित तयार पारिएको सूचना प्रणालीमार्फत चाँडै गुनासो ट्रयाक गर्ने सुविधा समेत उपलब्ध छ ।

सूचना प्रणालीमा पानीको स्रोत र निष्क्रिय धाराको विवरण, प्रसारण पाइप र वितरण पाइपको अवस्था राखिएको छ ।

सूचना प्रणालीले पाइपलाइन, भल्व, च्याम्बर, ग्राहकको घरमा जडान गरिएको धारासहित पानी वितरणसँग सम्बन्धित पूर्वाधारको सही तथ्याङ्क दिने बजार अधिकृत गौतमले बताए ।

अनलाइन बिलिङ सिस्टममार्फत डिजिटल बैंकिङ भुक्तानीका लागि समेत सहज हुने गरी भौगोलिक सूचना प्रणाली लागू गरिएको छ ।

सोमबार भौगोलिक सूचना प्रणालीसँगै सम्पत्ति व्यवस्थापन र सुपरिवेक्षण प्रणाली समेत संस्थालाई हस्तान्तरण गरिएको प्रमुख बजार अधिकृत गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार