बालुवाटारको सेटिडंमा काकरभिटटा नाकाबाट सुपारी आयात गर्ने तयारी अन्तिम चरणमा

0
SHARES
11
VIEWS

सरकारले सुपारीको कोटा सिस्टम हटाएर मागअनुसार आयात गर्न दिने तयारी अघि बढाएको छ । अहिले औद्योगिक प्रयोजन खुलाएरमात्रै नेपालमा सुपारी आयात गर्न पाइने व्यवस्था छ । तर, सरकारले कोटा सिस्टम हटाएर आयातकर्तालाई मागअुनसार सुपारी ल्याउन दिने तयारी अघि बढाएको हो ।

सरकारले पुसबाट आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरिसकेको छ । नेपालमा सुपारी आयातमा धेरै चलखेल हुँदै आएको छ । सुपारी पक्राउ गर्न र छुटाउन बालुवाटारबाट नै चलखेल हुने गरेको व्यवसायीहरु बताउँछन् ।

उद्योगमन्त्री दिलेन्द्र बडू, वाणिज्य सचिव तोयम राय, वाणिज्य विभागका महानिर्देशक महेश भट्टराई र बालुवाटार सुपारी खुलाउने काममा लागेका छन् । बालुवाटारले सुपारीको कोटा हटाउन उद्योगमन्त्री बडूलाई भनिसकेको उद्योग मन्त्रालय स्रोतले बतायो ।

स्रोतका अनुसार सुपारीको कोटा हटाउँदै पोस्ता दाना आयातको लागि कोटा तोक्न उद्योगमन्त्री बडूले काम गरिरहेका छन् । ‘उद्योगमन्त्रीदेखि मन्त्रालयका केही कर्मचारीले सुपारीको कोटा हटाउने र पोस्ता दाना आयात गर्न कोटा खुलाउने सम्बन्धमा काम गरिरहेका छन्’, स्रोतले भन्यो, ‘मन्त्रीले आफ्नो कार्यकालमै सुपारीको कोटा हटाउने र पोस्ता दानाको कोटा तोकेर खुलाउने गरी काम गरिरहेका छन् ।’

प्रधानमन्त्री कार्यालय मातहतमा रहेको राजस्व अनुसन्धान विभागले अवैध रुपमा आयात भएका वस्तुहरु पक्रने गरेको छ । तर, विभागले नियन्त्रणमा लिएका अवैध सुपारी अनुसन्धान नै नगरी छाड्ने पनि गर्दै आएको छ । विभागले केही समयअघि नियन्त्रणमा लिइएको ८ ट्रक सुपारी अनुसन्धान नै नगरी छाडेको थियो ।

नेपालबाट भारत निकासी हुन लागेको ८ ट्रक सुपारी मोरङ प्रहरीले साउन ५ मा नियन्त्रणमा लिएको थियो । प्रहरीले उक्त सुपारी साउन ८ गते राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाएको थियो । सुपारी पक्राउ परेपछि प्रधानमन्त्री कार्यालयले चासो देखाएको थियो ।

निर्यातकर्तासँग प्रधानमन्त्री कार्यालयको उच्च तहबाटै ‘नेगोसिएसन’ भएपछि सुपारी छुटेको थियो । सुपारी छुटाउन लेखेको पत्रमा गन्तव्यतर्फ सुपारी निकासी हुन दिनू भन्ने उल्लेख थियो ।

प्रहरीले अवैध भन्दै नियन्त्रणमा लिएको सुपारी छुटाउन अदालतमा रिट दायर गरेका निर्यातकर्ताले शंकास्पद रुपमा रिट फिर्ता लिएका थिए । सरकारकै उपल्लो तहमा सेटिङ मिलेपछि उनले उक्त रिट फिर्ता लिएका हुन् ।

यसरी सुपारी छुटाउन बहिरबाट सहयोग गर्ने व्यक्ति रामचन्द्र भटट् हुन् । उनले बालुवाटारसँग सेटिङ मिलाएर नै पक्राउ परेको सुपारी छुटाएका थिए । अहिले पनि उनै भटट्ले पोस्ता दानाको आयातमा खुलाउन कोटा लागू गराउने प्रयास गरिरहेको स्रोतको दाबी छ । स्रोतका अनुसार प्रधानमन्त्री पत्नी आरजु राणासँग नजिक भटट्ले आयातकर्ताहरुलाई जसरी भए पनि पोस्ता दानाको आयात खोल्ने वचन दिइसकेका छन् ।

बालुवाटार र उद्योगमन्त्री बडूको साथ पाएका भट्टले सजिलै पोस्ता दानाको आयात खुलाउन सक्नेमा व्यवसायीहरु पनि विश्वस्त देखिएका छन् । पोस्ता दाना आयातको कोटा खुलेपछि कमलकिशोर मालपानी, अनिल रुँङटा, दिनेश राठी र भट्टले नै कोटा पाउनेछन् । माथिल्लो तहसम्मै सेटिङ मिलाएकाले उनीहरुले नै कोटा पाउने निश्चित भएकाे स्रोतले बतायो ।

भट्टले पोस्ता दानाको आयात खुलाएसँगै सुपारीको कोटासमेत हटाउन लगाउनेतर्फ काम गरिरहेका छन् । तेस्रो देशबाट नेपाल आएको सुपारी भारत निकासी हुने गरेको छ । सुपारी नेपालबाट भारत निकासी गर्दा सस्तो पर्ने व्यवसायीहरु बताउँछन् ।

अहिले नेपालको अर्थतन्त्र समस्यामा छ । सरकारले करिब ९ महिना बन्द रहेको महँगा मोबाइल फोन, गाडी, विदेशी मदिरा र १५० सीसीभन्दा माथिको बाइक आयात खोल्ने निर्णय गरिसकेको छ । नेपालमा खासै प्रयोग नै नहुने पोस्ता दाना आयात गर्न दिन सरकारले सुरुमै मोबाइल, गाडी, मदिरा र बाइक आयात खुला गरेको उद्योग मन्त्रालय स्रोतले बतायो ।

वाणिज्य सचिव तोयम रायले स्वास्थ्यमा असर गर्ने र प्रतिबन्ध भएका वस्तुबाहेक आयात खुला गर्दा खासै केही समस्या नहुने बताए ।

वाणिज्य विभागका महानिर्देशक महेश भट्टराईले सरकारले कुनै वस्तु आयात खुलाएमा त्यसपछि आफूहरुले काम गर्ने बताए । उनका अनुसार विभागले कुनै वस्तुको कोटा खुलाउने र आयात बन्द गर्ने निर्णय तथा काम गर्दैन । तर, सरकारले गरेका निर्णयअनुसार काम गर्ने भटट्ले बताए ।

सरकारले आयात खुलाउन लागेको १० हजार मेट्रिक टन पोस्ता दानाको मूल्य ४ करोड अमेरिकी डलर (प्रति मेट्रिक टन ४ हजार डलर) पर्छ । यति ठूलो विदेशी मुद्रा नेपालबाट बाहिरिँदा आयातमुखी अर्थतन्त्रमा थप चाप पर्ने अर्थशास्त्रीहरु बताउँछन् nepal pressbata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार