सेतो परेवा उडाउदै मुसुक्क मुस्कुराउंदै, पुर्व राजा ज्ञानेन्द्र शाह नवोली फर्किए

0
SHARES
33
VIEWS

बीएण्डसी तथा पूर्वाञ्चल क्यानसर अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले नयाँ अभियान घोषणा गरेका छन । उनले आज सोमबार पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यलाई एकै मञ्चमा सहभागी गराएर नागरिक बचाउ महाअभियान सुरु गरेका हुन ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व युवराज पारस शाहलाई एउटै मञ्चमा राखेर धर्म संस्कृति अभियान शुरु गरेका छन् । प्रसाईँले सुरु गरेको ‘विकृतिविरुद्धको अभियान’कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भएका छन् ।

झापाको काँकडभिट्टामा स्थित प्याराभिट्टामा रहेको बसपार्क नजिकै आयोजना गरिएको कार्यक्रमा पूर्वराजा शाहसँगै उनकी पत्नी कोमल राज्यलक्ष्मी र छोरा पारस पनि उपस्थित भएका थिए । सोमबार पूर्वराजा ज्ञानेन्द्रले दीप बालेर प्रसाईंको महाअभियान उद्घाटन गरेका हुन । सो क्रममा पूर्व राजाले शान्तिका प्रतिक परेवा उडाएका थिए ।

कार्यक्रममा पूर्वयुवराज पारस शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाह उपस्थित थिए । झापाको मेचीपुलबाट सुरु गरिएको महाअभियानमा उल्लेख्य मात्रामा सर्वसाधारणको पनि सहभागिता रहेको थियो । कार्यक्रमा राष्ट्रिय झण्डा बोकेर सर्वसाधारणले पनि सहभागिता जनाएका छन । उनीहरुले राजतन्त्रको पक्षमा नाराबाजी समेत गरेका छन ।

अभियान एमाले नेता तथा बी एण्ड सी अस्पतालका सञ्चालक प्रसाईंको नेतृत्वको घोषणा भएको हो । अभियानलाई राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नाम दिइएको छ । अभियानकर्मीले संघीयता खारेजी, वैदिक सनातन राज्य घोषणा र व्यावसायिक वातावरणको माग गरेका छन् ।

उद्घाटनमा केहीबेर बसेर पूर्व राजा शाहसहित उनको परिवार बसेर कार्यक्रमस्थलबाट बाहिरिएका थिए । पूर्वराजा शाहले कार्यक्रममा उपस्थित सर्वसाधारणलाई हात हल्लाएर अभिवादन फर्काए पनि सम्बोधन भने गरेनन ।

त्यस पश्चात प्रसाईले अभियानमा बैंकको ब्याजदर र लघुवित्त पीडित का बिषयमा बोलेका थिए । डुब्न लागेको देश र नागरिक बचाउने उद्देश्यले देश , राष्ट्र र राष्ट्रियताकालागि महाअभियान थालिएको प्रसाईको भनाइ छ । महाकालीसम्म पुग्ने यो अभियानमा ऐक्यवद्धता जनाउन आम राष्ट्रप्रेमी नागरिकलाई अपील गरिएको छ । प्रसाईंले यो महाभियान मेची पुलबाट महाकाली हुँदै काठमाडौंमा पु¥याएर टुंग्याउने तयारी छ https://youtu.be/Gftel08tpCo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार