बिर्तामोडमा फुटसल प्रतियोगिता आयोजना गरिदै

0
SHARES
2
VIEWS

बिर्तामोडमा अन्तरवडा स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ ।

बिर्तामोड नगर खेलकुद विकास समितिले समिति बनेपछि पहिलोपल्ट खेल गतिविधि गर्न लागेको हो ।

नगर समिति बनेपछि वडा समिति पनि धमाधम गठन भइरहेको छ ।

समिति सदस्य विशाल अग्रवालका अनुसार यही चैत १७ र १८ गते बिर्तामोडको एब्सुलेट फुटसलमा प्रतियोगिता हुनेछ ।

प्रतियोगितामा नगरमा १० वटा वडाका टिमले सहभागिता जनाउने छन् । प्रतियोगिताको विजेताले नगद ५० र उपविजेताले नगद २५ हजार, ट्रफी र प्रमाणपत्र पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार