काकरभिटटा प्रहरीमा विवादित मण्डलको आगमनमा स्थानियको चासो

0
SHARES
26
VIEWS

काकरभिटटा ,चैत्र ७
घुमुवा प्रहरीमा राम्रो पहिचान बनाएका विनोद मण्डलको पुन काकरभिटामा काज सरुवा भएको छ ।
घुमुवा प्रहरीमा प्रहरीको रोजाइमा परेका मण्डल बारम्वार काकरभिटामा काज र सरुवा हुने गरेको श्रोत बताउंछ ।
लामो समय काँकरभिट्टामा घुमुवा बसेका प्रहरी सहायक हवल्दार विनोद मण्डलको पुनः काँकरभिट्टा काज भएको हो । प्रहरी अफिसरको को इसारामा सुचना संकलन गर्ने भन्दै तस्कर हरुसँग रकम उठाइ कमाउ धन्दा गर्ने प्रहरी मण्डल फेरी काँकरभिट्टामा आउनुले शंका उब्जिएको स्थानियहरु बताउंछन ।

विगतमा तस्करहरुसँग साँठगाठ भएको आरोपमा चर्चामा आएपनि तत्कालिन डिएसपि राजेन्द्र पोखरेल र सुनिल दहालले खासै वास्ता नगरेको कारण मण्डलको कामलाइ प्रहरी वित्तमा सफलताको रुपमा हेरिएको छ ।
पैसा नदिने पोके व्यापारीहरु र रातको समयमा सुपारी कटाउने तस्करहरुसँग पटक पटक उनको झगडा र महिलाहरुमाथि हातपात गरेको विषयमा विवादमा समेत आउने गरेको विषय सार्वजनिक पनि भएको थियो । तर, वफादार भएको कारण उनलाई उन्मुक्ति दिइएको पिडितहरुको भनाइ रहेको छ ।
व्यापारीसँग पैसा उठाउनकै लागि नाकामा प्रहरीलाई सिविलमा हिनाउने र सिविलमा हिड्ने प्रहरीले ज्यादति गर्ने गरेको सिमा क्षेत्रका स्थानिय पिडितहरुको आरोप छ । तर, प्रहरीको अफिसरका प्रिय भएको कारण उन्मुक्ति पाइरहेको श्रोतको दावी छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टामा प्रहरी नायब उपरिक्षक गोविन्द कार्की हुँदा सहायक हवल्दार विनोद मण्डलको आचरण ठिक नभएको भन्दै चेतावनी समेत दिइएको थियो ।
पछि डिएसपि राजेन्द्र पोखरेलको पालामा उनलाई घुमुवा को नाइके नै बनाएर हिनाइएको थियो ।
कहिले प्रहरी नायब निरिक्षक राजेन्द्र पासवान त कहिले प्रहरी सहायक हवल्दार विनोद मण्डलले काँकरभिट्टा घुमुवाको कमाण्ड सम्हाले । यो दौरानमा डिएसपि सुनिल दाहाल आए पनि घुमुवाको र काँकरभिट्टा प्रहरीको अवैध असुलीको जिम्मेवारी यि नै मण्डललाई प्राप्त भइरह्यो ।

इलाका प्रहरी कार्यालय अनारमनीमा दरबन्दी रहेका प्रहरी सहायक हवल्दार विनोद मण्डल पटक पटक काँकरभिट्टा आइरहेका छन् । काँकरभिट्टामा अवैध असुली गरिरहेको आशंकामा उनलाई २०७८ चैतमा जिल्ला प्रहरी कार्यालयको आदेशमा जिल्ला मै तानिएको थियो ।
जिल्ला प्रहरी कार्यालयबाट पुनः उनलाई इलाका प्रहरी कार्यालय गौरीगञ्ज पठाइएको थियो । काँकरभिट्टामा पुनः मा ल्याइएको बताइएको छ । स्रोतका अनुसार उनलाई शुरुमा क्युआरटी बाईकमा बजार गस्तीमा हिडाइने र पछि घुमुवामा खडाइने तयारी गरिरहेको बुझिएको छ

२०७५ साल चैत ६ गते काँकरभिट्टा काजमा आएका मण्डल पुनः काँकरभिट्टा आउनुले हाल काँकरभिट्टाबाट खटिएका सिविल प्रहरीमाथि नै तरङ्ग आएको बुझिएको छ । स्रोतका अनुसार काँकरभिट्टा नाकाबाट तस्करी भइरहेको र सिविल प्रहरीसँग राम्रो सम्बन्ध भएकाहरुले निश्चित रकम बुझाएर तस्करी गरिरहेको छ ।

तस्करहरुले नेपालबाट चुरोट, सुवाडी, स्याउ लगायतको सामानहरु भारततर्फ कटाउने र भारतबाट कपडा, किराना तथा मोटर पार्टसहरु नेपाल छिराउन घुमुवा प्रहरीलाई पैसा खुवाउने गरेको श्रोतको दावी छ ।
यो कार्यको लागि सादा पोशाकमा हिड्ने काँकरभिट्टाका प्रहरीलाई स्थानिय हाकिमको निर्देशन समेत रहेको स्रोतको दाबी छ । सोही कामको लागि हाकिमको वफादार पात्रको रुपमा प्रहरी सहायक हवल्दार विनोद मण्डललाई काँकरभिट्टा ल्याइएको बुझिएको छ। अनलाइनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार