बादोरियो करातें का पदाधिकारीहरुलाइ नेकोशको सम्मान

0
SHARES
6
VIEWS

नेपाल खेलकुद महासंघले नेपाल वादोरियो कराते डो संघका नवनिर्वाचित पदाधिकारीहरुलाई आइतबार विराटनगरमा सम्मान गरेको छ । नेपाल खेलकुद महासंघ विराटनगर महानगर कमिटिले खेलाडीलाई सम्मान गरेको हो ।

नेपाल वादोरियो कराते डो संघको आइतबार विराटनगरमा भएको भेलाले राजन कडेलको अध्यक्षतामा ११ सदस्य नेपाल वादोरियो कराते डो संघको कोशी प्रदेश कमिटि गठन गरिएको छ । कमिटिको उपाध्यक्षमा पुष्पधन शाक्य, सचिवमा राजु धमाला, कोषाध्यक्षमा दुर्गा चरण राजवंशी तथा बिमला नेपाल, राम गुरुङ, अनिलकुमार राजवंशी, दिपेश कोइराला, सुरेश भट्टराई, हिराकुमारी थापा मगर र सुजन आचार्य, प्रदेश कमिटिको सदस्य रहेका छन् ।

नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष तथा नेकपा एमालेका लोकप्रिय युवा नेता पर्शुराम बस्नेतले नेपाल वादोरियो कराते डो संघका पदाधिकारी र कार्यसकिति सदस्यलाई सम्मान गरेका थिए । कार्यक्रममा नेपाल कराते महासंघ वरिष्ठ उपाध्यक्ष हरिशरण केसी, नेपाल खेलकुद महासंघ विज्ञ आयोगका केन्द्रिय उपप्रमुख तथा प्राध्यापक दिपेश बास्तोला, नेपाल खेलकुद महासंघ विराटनगर महानगर कमिटिका अध्यक्ष विज्ञान शर्मा चापागाई र सचिव जतिन ताम्राकारले नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेका थिए ।अनलाइनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार