बाताबरण पत्रकारिता पुरस्कार बराल लाइ

0
SHARES
4
VIEWS

नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस-जून ५’ को अवसरमा विगत साढे तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार-२०२२ पोखराका पत्रकार कृष्णमणी बराललाई प्रदान गर्ने निणर्य गरेको छ । अन्नपूर्ण दैनिकमा कार्यरत पत्रकार बराललाई पुरस्कार तथा प्रमाण-पत्र प्रदान गरिनेछ ।

समूहले प्रत्येक वर्ष विश्व वातावरण दिवसमा पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । सन् २०२२ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित-प्रसारित सामग्री र कार्यक्रमहरु मध्येबाट छनौट गरी सान्दर्भिकता, मौलिकता, भाषा शैली र तथ्य-तथ्याङ्कक आधारमा मूल्याङ्कन गरेर यो पुरस्कार प्रदान गर्ने निणर्य भएको हो ।

पुरस्कारका लागि समूहले पत्रकारहरुलाई सन् २०२२ भरिका आफ्ना लेख-रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो । समूहका पूर्व अध्यक्ष राजेन्द्र दाहालको संयोजकत्वमा समूहका पूर्व महासचिव रमेश भुषाल र विज्ञ सदस्य डा. हुम गुरुङ सम्मिलित तीन सदस्यीय निर्णायक मण्डलले पुरस्कारको निणर्य गरेको हो ।

समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार-२०२२’ पाउने बराल ३६औँ पत्रकार हुनुहुन्छ । यो पुरस्कार समूहको आगामी साधारणसभाको दिन हस्तान्तरण गरिने छ । पत्रकार बराललाई नेवापस परिवारको बधाई ! नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस-जून ५’ को अवसरमा विगत साढे तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार–२०२२ पोखराका पत्रकार कृष्णमणि बराललाई प्रदान गर्ने निर्णय गरेको छ । अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत पत्रकार बराललाई पुरस्कार तथा प्रमाण–पत्र प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार