यस्तो छ राष्ट्रसंघका महासचिव गुटेरेसकाे भ्रमण तालिका

0
SHARES
2
VIEWS

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चारदिने औपचारिक भ्रमणमा आइतबार राती नेपाल आएका छन् । महासचिव गुटेरेसलाई नेपालले विदेशी सरकार प्रमुखको कूटनीतिक हैसियत दिएको छ । उनलाई परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

महासचिव गुटेरेसले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलसँग औपचारिक वार्ता गर्नेछन् । आइतबार नै उनले राष्ट्रपति रामचन्द्र पौडेल, परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गर्ने कार्यसूची छ ।

ad
उनले कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीसँग संसद् भवन नयाँ बानेश्वरमा भेट गर्ने कार्यसूची छ । भेटवार्तापछि उनी पाटन दरबार क्षेत्रको अवलोकनमा जानेछन् ।

प्रधानमन्त्री प्रचण्डले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहित रात्रिभोज दिनेछन् । महासचिव सोमबार नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन् ।

मंगलबार अपराह्न ४ बजे उनले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । बुधबार उनी नेपालबाट लन्डन जानेछन्, जहाँ उनले एआई सेफ्टी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।nayapatrika bata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार