रोटरी क्लवको अन्तराष्ट्रिय झापाली समाजलाई सम्मान

0
SHARES
4
VIEWS

झापालीहरुलाई एउटै मालामा उन्ने उद्धेश्यका साथ गठन गरिएको अन्तराष्ट्रिय झापाली समाजको नवनिर्वाचित अध्यक्ष र महासचिवलाई यहाँस्थित रोटरी क्लव अफ सुरुङ्गा लगायातका संघ संस्थाले स्वागत सम्मान गरेका छन ।

आइतवार मात्रै झापाको बिर्तामोडमा सम्पन्न चौथो अधिवेशनबाट निर्वाचित अध्यक्ष कुमुन्द ढुङ्गाना, महासचिव नविन पोखरेल र अन्तराष्ट्रिय झापाली समाजका संस्थापक अध्यक्ष झापा सुरुङ्गा निवासी समेत रहनुभएका दिनेश पोखरेललाई विशेष कार्यक्रमका विच रोटरी लगायातका संघ संस्थाले सोमवार सुरुङ्गामा स्वागत सम्मान गरेको हो ।

रोटरीका अध्यक्ष शिव कडेँल, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, रोटरी क्लव अफ सुरुङ्गाका संस्थापक अध्यक्ष तथा प्याप्सनका केन्द्रिय सदस्य एलपी उप्रेती, जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकिय स्थलका अध्यक्ष ख्याम सिटौला, कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओली, सुरुङ्गा जेसिजका अध्यक्ष प्रविन तिम्सिना, नेपाल भारत मैत्री संघ कनकाईका अध्यक्ष अर्जुन बोहोरा, शिक्षासेवी तथा रोटरीयन अखिल कोइराला, टिका जम्मरकट्टेल, डिल्लीराम मैनाली, भगवती बचत तथा ऋण सहकारीका अध्यक्ष ख्याम प्रसाई, नेपाल पत्रकार महासंघका कोशी प्रदेश सदस्य लीलाराज झापाली, कनकाई सुरुङ्गा प्रेस क्लवका सस्थापक अध्यक्ष तीर्थराज खरेल लगायातले नवनिर्वाचित अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुङ्गाना, महासचिव नविन पोखरेल लगायातलाई स्वागत सम्मान गर्नुभएको हो । सोही अवशरमा यस क्षेत्रको विकासका लागि अन्तराष्ट्रिय झापाली समाजको भुमिका विषयक अन्र्तक्रिाय कार्यक्रमको समेत आयोजना गरिएको छ । कार्यक्रममा बोल्दै अन्तराष्ट्रिय झापाली समाजका नवनिर्वाचित अध्यक्ष मुकुन्द ढुङ्गानाले अन्तराष्ट्रिय झापाली समाजले झापामा शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको बताउँदै यसलाई निरन्तता दिदै जाने प्रतिवद्धता जनाउँनुभयो । हामी पनि यो स्थानमा पुग्नका लागि शिक्षाकोनै महत्वपुर्ण हात रहेको छ यसकारण झापामा हामीेले हरेक बर्ष ८० जना विद्यार्थीलाई कक्षा १ देखि १२ सम्मनै निशुल्क अध्यापनको व्यावस्था मिलाएका छौ ढुङ्गानाले भन्नुभयो । यसका लागि १ करोड रुपैँयाकै अक्षयकोषको निर्माण गरिसकिएको छ उहाँले भन्नुभयो ।

ढुङ्गानाले झापा र विशेषगरि झापा सुरुङ्गामै एक लाईब्रेरी स्थापना गर्नका लागि अन्य संस्थासग समन्वय गरेर लाईब्रेरीको स्थापना गर्नका लागि पहल गर्ने समेत बताउँनुभयो । स्वास्थ्यका लागि समेत कनकाई नगर अस्पतालमा डाइलेसिस मेशिन स्थापना लगायातका कामहरुमा समेत मद्धत गर्ने प्रतिवद्धता जनाउँनुभयो । यसैगरि पुर्वकै पर्यटकिय स्थान धनुषकोटी पिकनिक स्पर्टमा महिलाहरुका लागि एक सुविधा सम्पन्न सौचालय लगायातका लागि झापाली समाज सहकार्य गरि निर्माण गर्न तयार रहेको बताउँनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार