जाजरकोटामा ९२ र रुकुम पश्चिममा ३६ जना गरी १ सय २८ जनाको मृत्यु…प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान

0
SHARES
13
VIEWS

१८ कात्तिक । गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय २८ पुगेको छ ।

प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार जाजरकोटामा ९२ र रुकुम पश्चिममा ३६ जना गरी १ सय २८ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति पुगेको छ । भूकम्पका कारण कतिपय ठाउँ सञ्चार सम्पर्क विच्छेद भएको छ भने सडक भत्किएका कारण जान नसकिएको तथा दुर्गम र भौगोलिकरूपमा विकटताका कारण सुरक्षाकर्मी समयमा पुग्न नसकेकाले मानवीय तथा भौतिक क्षतिको संकलन भइरहेको छ ।

यसैबीच, प्रधानमन्त्री प्रचण्ड शनिबार बिहानै स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका छन् ।ainiknepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार