झापाको फनपार्क र गाइफर्म बन्द भएपछि बास्कोटाको धम्की… मेघा बैकमा गएर आत्मदह गर्दैछु

0
SHARES
33
VIEWS

इन्भेष्टमेण्ट मेगा बैंकका एक ऋणीले आत्मदाह गर्ने चेतावनीसहित बैंकका अध्यक्ष पृथ्वीराज पाण्डे र सिइओ ज्याेतिप्रकाश पाण्डेलाई पत्र लेखेका छन् । मंगलवार आफ्नै फेसवुकमा पत्र पाेष्ट गर्दै झापा मेचीनगर नगरपालिका वार्ड नम्वर ४ आमडाँगीका राजेश बाँस्काेटाले बैंककाे व्यवस्थापनप्रति चरम असुन्तुष्टि पाेखेका छन् ।

बाँस्काेटाले उनकाे फेसवुकमा लेखे अनुसार बैंककाे असहयाेगका कारण उनका दुईवटा प्राेजेक्ट बन्द भएका छन् । जसमा भिरपाखा रिसाेर्टसहितकाे फनपार्क र अर्काे कृषिफर्म अन्तरगतकाे गाई फर्म बन्द भएका छन् । इन्भेष्टमेण्ट बैंकसँग गाभिएकाे मेगा बैंकले २०७८ कात्तिकमा ऋण पास भएर पनि ८ महिनासम्म कर्जा प्रवाह नगरेकाे, कर्जा प्रवाह भए लगत्तै मसान्तकाे अघिल्लाे दिन किस्ता काट्ने गरेकाे आराेप लगाएका छन् । त्यस्तै कृषि अनुदानकाे रूपमा पाइने १ कराेड पनि बैंकले उपलव्ध नगराएकाे उनले बताएका छन् ।

बारम्वार धाएर गुनासाे गरेपछि केन्द्रीय कार्यालयबाट आएका प्रतिनिधिसँग छलफल भएकाे, छलफल पछि आफुले ८ लाख रूपैयाँ बैंकलाई दिएकाे र १० दिनभित्र कर्जा रिसेडुलिङ गरेर दिने सहमति भएकाे पत्रमा खुलाएका छन् । उनले बि एण्ड सी अस्पतालबाट ८ लाख लिएर बैंकलाई दिएकाे पनि बताएका छन् ।

सहमति पछि कर्जा प्रवाह नगरेर बैकबाट आफुले धाेका पाएकाे पत्रमा खुलाएका छन् । बैंककाे हर्कतबाट आफ्नाे व्यवसाय बन्द भएकाे र परिवारमा पनि समस्या आएपछि आत्मदाह गर्नु पर्ने स्थिति आएकाे बाँस्काेटाले पत्रमा उल्लेख गरेका छन्। अाफ्नाे समस्याकाे समाधान नगरे बैंक परिसरमा आत्मदह गर्ने र यसकाे जिम्मेवारी बैंकका अध्यक्ष,सिइओ र बिर्तामाेड शाखा प्रमुखले लिनु पर्ने चेतावनी उनले दिएका छन् ।

बै‌ंककाे कदमबाट बिरक्तिएका बास्काेटा अहिले दुर्गा प्रसाईकाे अभियानमा लागेका छन् । उनी अहिले मेची नगरकमिटीकाे सचिवमा रहेका छन् ।merolagani bata savar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार