हाम्रो नेपाल साकोसको बाह्य ऋण ७३ करोड … नाफा ४ लाख ९७ हजार

0
SHARES
7
VIEWS

हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा अन्तरगत अन्तिम माइन्युट प्रमाणिकरण सभा आज बिर्तामोडमा सम्पन्न भएको छ ।

गत मंसीर १३ गतेदेखि शुरु भएको इकाइगत साधारणसभाबाट चुनिएर आएका ३–३ जना प्रतिनिधिहरुको उपस्थितिमा आज बिर्तामोडमा अन्तिम माइन्युट प्रमाणीकरण गर्दै साधारणसभा सम्पन्न गरिएको हो । संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालको अध्यक्षतामा झापा जिल्ला सहकारी संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य गणेश ढकालको प्रमुख आतिथ्यमा साधारणसभा सञ्चालन गरिएको थियो ।

संस्थाका अध्यक्ष दंगालले सञ्चालक समितिको तर्फबाट तयार गरिएको अध्यक्षको प्रतिवेदनका मूलभूत बुँदाहरु माइन्युट प्रमाणिकरण सभामा प्रस्तुत गरेका थिए । जसअनुसार २०८० असार मसान्तसम्म संस्थामा ३५ हजार ८८४ जना सेयर सदस्यबाट १८ करोड ८७ लाख ४८ हजार ७०० रुपैयाँ सेयर पुँजी संकलन भएको छ । जगेडाकोष ५ करोड ८९ लाख ९६ हजार १०२ रुपैयाँ, बचत तथा निक्षेप रकम १ अर्ब १४ करोड ११ लाख ६४ हजार ५९ रुपैयाँ तथा लगानीमा रहिरहेको रकम १ अर्ब ८४ करोड ७२ लाख ६ हजार ७९२ रुपैयाँको विवरण प्रतिवेदनमा उल्लेख छ ।

हाम्रो नेपाल साकोसले सदस्यभन्दा बाहिर पनि सहयोग गरेको उल्लेख गर्दै अध्यक्ष दंगालले भने आर्थिक तथा सामाजिक सहयोग अन्तरगत व्यक्ति तथा संस्थाहरुका नाममा ५ लाख १७ हजार २२४ रुपैयाँ सहयोग प्रदान गरिएको छ । यस्तै, सदस्य उपचार कोष अन्तरगत ३२ जना सदस्यहरुका लागि ४ लाख ६५ हजार ७९४ रुपैयाँ र ऋण सुरक्षण कोष अन्तरगत ६ जना ऋणि सदस्यको ४ लाख १६ हजार ३०० रुपैयाँ ऋण रकम मिनाह गरिएको अध्यक्ष दंगालले सुनाए ।

२ अर्ब १६ करोड ३९ लाख १९ हजार ९५९ रुपैयाँको वासलात बनाएको हाम्रो नेपाल साकोसको बाह्य ऋण ७३ करोड २८ लाख ७५ हजार ९६ रुपैयाँ कायमै छ भने समीक्षा वर्षमात्र ३ करोड ७६ लाख बाह्य ऋण घटाएको प्रतिवेदनमा उल्लेख छ । समीक्षा वर्षमा ४ लाख ९७ हजार ५४६ रुपैयाँमात्र सञ्चालन नाफा गरेको हाम्रो नेपाल साकोसले १ लाख ७२ हजार ९८१ रुपैयाँ शेयर बोनस र ८२ हजार ९२४ रुपैयाँ संरक्षित पूँजी फिर्ताकोषबाट सदस्यहरुमाझ वितरण गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

हाम्रो नेपाल साकोसले सहकारी संस्था एकीकरण अन्तरगत कमल गाउँँपालिका–२ स्थित श्रुतीकृति महिला कृषि सहकारी संस्था र मोरङको पथरी–शनिश्चरेस्थित मत्स्य विकास समृद्धि बहुउद्देश्यीय सहकारी संस्थासँग एकीकरण समेत गरेको प्रतिवेदनमा उल्लेख छ ।

कोशी प्रदेशका तीन जिल्लामा ३१ वटा सेवा केन्द्रमार्फत सेवा प्रवाह गर्दै आएको हाम्रो नेपालमा आर्थिक वर्ष २०७९/०८० को असार मसान्तसम्म २० दशमलव ७९ प्रतिशत अर्थात् २३ करोड ९३ लाख ४ हजार ६२२ रुपैयाँ तरलता रहेको थियो भने कूल सम्पत्ति २ अर्ब २१ करोड ३५ लाख ५३ हजार ७५ रुपैयाँ रहेको जनाइएको छ ।

साधारणसभाका अवसरमा अध्यक्ष दंगालले उपस्थित सदस्यहरुलाई ५ बुँदे संकल्प प्रस्ताव वाचन गर्दै प्रतिवद्धता वाचन दोहोर्याउन लगाएका थिए । संस्थाले तयार गरेको संकल्प प्रस्तावहरुमा ‘हातमा रहेको प्रतिवेदन वर्षमा ४ पटक पढ्छु, यो संस्थामा मात्र सदस्य भई बचत खातामा नियमित कारोबार गर्छु, आफूले लिएको ऋणको साँवा ब्याज नियमित बुझाउँछु, संस्थाले आयोजना गरेका सबैखाले कार्यक्रममा सहभागी हुन्छु’ आदि छन् ।

सो माइन्युट प्रमाणीकरण सभाका प्रमुख अतिथि गणेश ढकालले वित्तीय आंकडाहरु केलाउँदा हाम्रो नेपाल साकोसको अवस्था राम्रो भएको बताए । उनले संस्थाको सन्चालन खर्च घटाउनु पर्ने र कारोबार बढाउनु पर्ने सुझाव दिँदै सहकारी एकीकरणमा जोड दिएका थिए । सहकारीको लगानी उत्पादन र आय आर्जनको क्षेत्रमा लगाउनु पर्ने बताउँदै प्रमुख अतिथि ढकालले सदस्यले कर्जाको सदुपयोग गरे नगरेको विषयमा सहकारीका सञ्चालकहरुले अनुगमन गर्नुपर्ने आवश्यकता औल्याएका थिए ।

सो समारोहमा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. झापाका वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओली, बिर्तामोड नगरपालिकाका सहकारी तथा सामाजिक विकास शाखा अधिकृत डिल्ली दाहाल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई संस्थाका उपाध्यक्ष राजेन्द्र गौतमले शाब्दिक स्वागत गरेका थिए भने समारोहको सञ्चालन संस्थाका सचिव विश्वेश्वरप्रसाद लामिछानेले गरेका थिए ।sajhamanch

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार