ओली प्रतिष्ठानले स्कुलमा बाड्यो न्यानो कपडा ,थप स्कुलमा तयारी गरिदै

0
SHARES
1
VIEWS

सामाजिक कार्य तथा सेवामा अग्रणी संस्था रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुरले न्यानो कपडा वितरण गरेको छ ।

झापा गाउँपालिका-२ सडकबारीमा रहेको जुडो आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी तथा स्थानीय विपन्न ज्येष्ठ नागरिक महिलाहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

विद्यालयमा आज आयोजित एक कार्यक्रमका बीच ३० जना विद्यार्थीलाई स्विटर र ११ जना ज्येष्ठ महिलाहरुलाई ऊनीको बर्को प्रदान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर खड्काको अध्यक्षता तथा झापा गाउँपालिकाकी कार्यबहाक अध्यक्ष अञ्जुदेवी थपलियको प्रमुख आतिथ्यतामा न्यानो कपडा हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओली, कोषाध्यक्ष गोपाल ओली, सचिव नारायणप्रसाद ओली, संस्थापक सदस्य शारदा ओली, झापा २ का वडा अध्यक्ष हिमाल चम्लागाईं, प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया लगायतको उपस्थिति रहेको थियो ।

प्रतिष्ठानले विभिन्न विधाका प्रतिभालाई पुरस्कृत पनि गर्दै आएको छ । अध्यक्ष गंगाप्रसाद ओलीका अनुसार जाडो महिनाभरि जिल्लाका अन्य चार विद्यालयका विद्यार्थीलाई पनि न्यानो कपडा वितरण गरिनेछ ।

कार्यक्रमकै अवसर पारेर झापा जिल्ला खेलकुद विकास समितिकी उपाध्यक्ष गंगा कोइरालाले स्थानीय युवाहरुलाई ब्याडमिन्टनको नेट र कक प्रदान गरेकी थिइन् ।

त्यस्तै, झापा जिल्ला जुडो संघका अध्यक्ष प्राडा पृथ्वीविक्रम राई र जुडो प्रशिक्षक गंगा खड्काले जुडो ड्रेस प्रदान गरेका थिए ।
सन्थाल, मुस्लिम र राजवंशी समुदायका विद्यार्थी अध्ययनरत सो विद्यालय खेलसँग सम्बन्धित नेपालको एक विद्यालय हो । विद्यालयका जुडोको नियमित प्रशिक्षण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार