बिर्तामोडमा १०० वेडको स्पाइन एक्स सुपर स्पेयसिलिटी हस्पिटल एण्ड ट्रमा सेन्टर सञ्चालनको तयारी

0
SHARES
94
VIEWS

बिर्तामोडमा स्पाइन एक्स सुपर स्पेयसिलिटी हस्पिटल एण्ड ट्रमा सेन्टर सञ्चालनको तयारी गरिएको छ ।

झापाको बिर्तामोड –२ भगवानचौकमा करिब ३० करोड रुपैयाँको लगानीमा स्पाइन एक्स सुपर स्पेयसिलिटी हस्पिटल एण्ड ट्रमा सेन्टर सञ्चालनको तयारी गरिएको हस्पिटलका अध्यक्ष वरिष्ठ अर्थोपेडिक तथा स्पाइन सर्जन डांप्रेमबहादुर शाहीले बताए ।

नेपालमै पहिलो पटक स्पाइन हस्पिटलको रुपमा १०० वेडको स्पाइन एक्स सुपर स्पेयसिलिटी हस्पिटल एण्ड ट्रमा सेन्टर सञ्चालनको तयारी गरिएपनि हाल १५ वेडको सञ्चालन गरी आवश्यकताअनुसार बिरामीको चापलाई ध्यानमा राख्दै बेड थप्दै लगिने उनले जनाए ।

स्पाइन एक्स सुपर स्पेयसिलिटी हस्पिटल एण्ड ट्रमा सेन्टरमा अत्याधुनिक प्रविधीबाट स्पाइनसम्वन्धी सम्पूर्ण उपचार, (सानो घाउ पारेर ), हाडजोर्नी सम्वन्धी शल्यक्रियासहित सम्पूर्ण उपचार, (जोर्नी प्रत्यारोपण, दुरवीनबाट गरिने उपचार ), न्यूरोको अत्याधुनिक प्रविधीसहितको इण्डोभास्कुलर न्युरो सर्जनद्वारा उपचार, सर्जरीतर्फ जीआई सर्जन (एमसीएच)बाट सेवा, गाइनोतर्फ बाझोपन सम्वन्धी विशिष्टकृत डाक्टहरुद्वारा शल्यक्रियासहितको सेवा, अत्याधुनिक प्रविधिको रेडियोलोजिष्ट सेवा, अत्याधुनिक प्रविधिको भिडियो एकस रे, सिटीस्क्यान सेवा, अत्याधुनिक प्रविधिको आइसियु, एनआइसियु, नर्सरी, एचडियु सेवा प्रदान गरिने उनले बताए ।

त्यस्तै स्पाइन एक्स सुपर स्पेयसिलिटी हस्पिटल एण्ड ट्रमा सेन्टरमा सबै विभागको विशिष्टकृत डाक्टहरुद्वारा ओपिडी सेवा, हरेक विभागको क्याविनसहितको सेवा, अत्याधुनिक प्रविधी र उपकरणसहितको शल्यक्रिया कक्ष, अध्याधुनिक प्रयोगशाला, फार्मेसी सेवालगायतका सम्पूर्ण सेवा उपलव्ध रहेको उनले जानकारी दिए ।

त्यस्तै अर्थो, न्यूरो, स्पाइन, वर्न र प्लाष्टिक सर्जरी सम्बन्धी उपचार सेवा प्रवाह गर्न बहुविभागिय विशिष्टिकृत सेवासहितको ट्रमा सेन्टरसमेत सञ्चालन गरिने र उक्त ट्रमा सेन्टरकोशी प्रदेशको प्राइभेट सेक्टरको पहिलो ट्रमा सेन्टर रहेको उनले बताए ।

नेपालको पहिलो स्पाइन हस्पिटल, मेची अञ्चलमै पहिलो हरेक विभागमा विशिष्टकृत डाक्टरहरुको सेवा प्रदान गरिने स्पाइन एक्स सुपर स्पेयसिलिटी हस्पिटल एण्ड ट्रमा सेन्टर आगामी पुस १६ (जनवरी १ )बाट पूर्णरुपमा सञ्चालन गरिने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार