व्यापारमा नयाँ खोज अनुसन्धान …देशमै बस्ने वातावरण बनाउन सक्नुपर्छ…सुरेन्द्र पाण्डे

0
SHARES
2
VIEWS

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पुरानो शैलीले कृषि,व्यापारको क्षेत्रमा प्रगति गर्न नसकिने बताएका छन् । उनले व्यापारमा आधुनिक शैली अपनाउनुपर्नेमा जोड दिए ।

झापाको बिर्तामोडमा बुधबार बिर्तामोड उद्योग वाणिज्य संघको उम्मेदवार घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले व्यापारमा पुरानै शैली भएका कारण व्यापार क्षेत्र फस्टाउन नसकेको बताएका हुन् ।

एमाले उपाध्यक्ष पाण्डेले व्यापारमा नयाँ खोज अनुसन्धान गरेर काम गर्नुपर्ने सुझाव पनि दिएका छन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले व्यापार गर्ने र खरिद गर्ने उमेर समूह देश बाहिर पलायन भइरहेको धारणा राखेका थिए ।

सबैभन्दा धेरै खर्च गर्ने युवा विदेशमा छन्, यहाँ कसरी व्यापार हुन्छ ? उनले भने – देशमै बस्ने वातावरण बनाउन सक्नुपर्छ । देशमा व्यापारको वातावरण बनाउनुपर्छ, देशमा रोजगारीको अवसर सिर्जना गर्नुपर्छ ।

पूर्व अर्थमन्त्री समेत रहेका पाण्डेले केन्द्र, प्रदेश र स्थानीय सरकारले आर्थिक गतिविधि बढाउने गरी काम गर्नुपर्ने बताए । सिफारिस दिएर मात्रै जनप्रतिनिधिको जिम्मेवारी पूरा नहुने भन्दै पाण्डेले आ–आफ्नो ठाउँको आर्थिक क्षेत्रलाई चलायमान बनाउन स्थानीय सरकारको भूमिका हुने पनि अथ्र्याएका थिए ।

तीनै तहको सरकारले व्यापार बढाउने, आम्दानी वृद्धि गर्ने गरी योजना निर्माण गर्नुपर्ने उनको भनाई थियो । जनतालाई धनी बनाउने काम सरकारको हुने भन्दै उनले काम गर्ने वातावरण नभए पछि युवा विदेसिएको टिप्पणीसमेत गरे ।

नेपालीहरु विलगेट्स बन्न विदेश गएका होइनन्, काम गर्न गएका हुन् । यहाँ काम गर्ने वातावरण हुने हो भने युवा विदेश जादैनन्, उनले भनेका छन् ।

व्यापारीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा पूर्वअर्थमन्त्री पाण्डेले रोजगारी दिन सक्नेहरु मात्रै देशभक्त हुने पनि बताए ।

यस्तै, एमाले नेता पाण्डेले कृषि र उद्योग क्षेत्रमा हदवन्दी हटाउनु पर्ने बताए । कृषि उद्योग क्षेत्रमा लागत धेरै भएकाले कृषिबाट टाढा बन्नुपर्ने अवस्था आएको उनको भनाई छ ।

स्थानीय सरकारले कृषि क्षेत्र मार्फत समृद्धि हासिल गर्न जमिनको पूर्ण उपयोग नीति ल्याउनुपर्ने बताएका थिए । जमिन बाँझो राख्न दिन हुदैन, त्यसका लागि स्थानीय सरकारको ठुलो सहयोग चाहिन्छ, उनले भने आयात गर्नुपर्ने कृषिवस्तुको उत्पादन गर्न सकियो भने देश पनि समृद्ध हुन्छ । रोजगारको वातावरण पनि बन्नेछ ।

उनले देशको मुख्य एजेन्डा कर्मचारी क्षेत्रमा सुधारको खाँचो भएको बताएका छन् । कर्मचारी क्षेत्रमा सुधार नल्याएसम्म देशमा समस्या कायम रहने धारणा व्यक्त गरे ।

उनले लोकसेवाबाट धेरैले पास गर्दैमा देश समृद्ध नहुने भन्दै समृद्धिको लागि कृषि, उधोग व्यापार नै गर्नुपर्ने बताए । उनले देशको परिस्थिति आर्थिक रुपमा समस्याग्रस्त भएको बताउदै कसो गरे देश बन्द, सबै त्यतै लाग्नुपर्ने जिकिर गरे ।

सरकारको एक वर्षको कार्यकाल बारे टिप्पणी गर्दै उनले पुँजीगत खर्च नभएकाले सबै क्षेत्र चौपट भएको बताए । सरकारी निर्माण क्षेत्र ठप्प छ, ठेक्का लाग्न सकेको छैन ।

ठेक्का लगाउन पहिलो चरणमा दिइने १० प्रतिशत खर्च दिन नसक्ने सरकारको अवस्था छ । ऋणबाट कर्मचरीको तलव खुवाउने परिस्थितिको सामना गर्नु परेको उनको भनाई थियो ।

सोही अवसरमा बिर्तामोडका पुराना व्यवसायी हनुमान मित्तल र हरि आचार्यलाई सम्मान गरिएको थियो ।

अध्यक्षमा मैनालीको उम्मेदवारी

बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि अध्यक्षमा अर्जुनकुमार मैनालीलाई उम्मेदवार घोषणा गरिएको छ । मैनाली संघका वर्तमान महासचिव हुन् । उनले स्वतन्त्र व्यवसायिक प्यानलको नेतृत्व गर्नेछन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीले बुधबार बृहत बिस्तारित भेलाको आयोजना गरेर अध्यक्षको उम्मेदवार घोषणा गरेको हो ।onlinebata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार