रिद्धिसिद्धी भेनियर फ्याक्ट्रीमा लागेको आगो दमकल र प्रहरीको सक्रियताको कारण ३ घण्टा मै नियन्त्रणमा

0
SHARES
17
VIEWS

विर्तामोडको रिद्धिसिद्धी भेनियर प्लाई फ्याक्ट्रीमा लागेको आगो दमकल र प्रहरीको सक्रियताको कारण ३ घण्टा मै नियन्त्रणमा आएको छ ।

अनुप अग्रवालले संचालन गरेको सो प्लाई फ्याक्ट्री बिहान ४ बजे अचानक आगलागी भएको थियो । आगलागीबाट अन्दाजी ३ तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोली, बिर्तामोड नगरपालिकाको दमकल, बिर्तामोड नगरपालिकाको ट्यांकर, मेचीनगर नगरपालिकाको दमकल र स्थानीयहरुको सहयोगमा ३ घण्टा पछि लागेको आगो नियन्त्रणमा आएको थियो ।
भेनियरमा खुल्ला स्थान भएको र दमकल जान सहज भएकोले आगोलाइ नियन्त्रणमा लिन सहज देखिएको सन्चालक अग्रवालले बताउनुभयो ।समयमा नै थाहा पाउन सकिएको साथै १किलोमिटर नजिकमा दमकल भएकोले समयमा आगो नियन्त्रणमा लिन सकिएको अग्रवालले बताउनुभएको छ ।

विगतमा विराटनगरमा कवाडी फ्याक्टीमा लागेको आगो समयमा नियन्त्रणमा लिन नसक्दा ३ जनाले ज्यान गुमाएका थिए भने तिहारमा उर्लावारीको सुन पसल रहेको घरमा लागेको आगोमा २८जना सक्त धाइते भएका र आधा दर्जनले ज्यान गुमाएका थिए ।
विर्तामोडको भाट भटेनी नजिक्कै रहेको भेनियर फ्याक्टीमा लागेको आगो समयमा दमकल आइपुग्नु तथा प्रहरीको जिम्मेवारीको कारण कम क्षति पुगेको देखिएको नेपाल भेनियर उत्पादक सघंका केन्द्रिय अध्यक्ष दिपक पाण्डेले बताउनुभएको छ ।विर्तामोडमा मात्रै हाल २ दर्जन धेरै भेनियर र प्लाइ उद्दोग सन्चालनमा रहेकाछन ।नेपालकै निर्यातको क्षेत्रमा ८ अर्व रुपैया वरावारकोक रुपैया निर्यात गर्न सफल यो भेनियर तथा प्लाइ व्यावसायी सफल व्यावसायी मानिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार