पाठेघरको अप्रेसन गर्न लगेकी ओलीको ओम साइ अस्पतालमा निधन

0
SHARES
24
VIEWS

राजकुमार ओली भद्रपुर
झापाको ओम साइ अस्पतालको प्राविधिक कमजोरीको कारण अन्जना ओलीको मुत्यु भएको छ ।
शुक्रवार साँझ पाठेघरको अप्रेसन गन अप्रसन थिएटरमा हालिएकी अन्जना ओलीको राती नै मृत्यु भएको ससुरा युद्दराज ओलीले बताउनुभएको हो ।
मेचीनगर को सतिघटटाका सन्तोष ओलीको श्रीमती अन्जना ओलीको मृत्युको खवरले मेचीनगर नै स्तव्ध भएको स्थानिय कुमार अ‍ोलीले जानकारी दिनुभएको हो ।
अस्पतालले लापरवाही गरेको कारणले अन्जनाको मृत्यु भएपछि अस्पतालमा समेत होहल्ला तथा तनाव भएको थियो ।विरामीको मृत्यु भएपनि अस्पताल पक्षले आफ्नो तर्फबाट कमजोरी भएको स्विकार्दै अवको दिनमा यस्तो घटना हुन नदिन सचेतना अपनाउने बताएको छ ।

गत केही दिन अघि समेत विर्तामोड ९ की एक युवतीको विर्तामोड स्थित मनमोहन ुसामुदायिक अस्पतालमा मृत्यु भएको विषयलाइ लिएर तोडफोड तथा अस्पतालमा आक्रमण भएको थियो।
आक्रमण पछि अस्पतालमा क्षति पुगेको थियो भने केही प्रहरी समेत घाइते भएका थिए ।इलाका प्रहरी कार्यलय अनारमनीमा दुवै पक्षबाट सहमति गरि मृतकका परिवारका बालबालिकको अध्ययन खर्च स्वरुप १३ लाख दिने सम्झौता पछि शव परिवारले बुझेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार