विर्तामोडबाट खुकुरी सहित ४जना नियन्त्रणमा

0
SHARES
51
VIEWS

बिर्तामोडमा ‘ग्याङ फाइट’ मा संलग्न रहेकामध्ये चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज मगंलवार बिहानै बिर्तामोड(५ स्थित देवी माविछेउबाट सुरु भएको झगडा र कुटपिट भद्रपुर बस स्टेन्डसम्म पुगेको थियो ।

कलेजको पोशाकमा रहेका आठजना युवाहरुबीच सुरुमा कनकाई कलेज उत्तर देवी माविको छेउमा झगडा परेको थियो । देवी माविका शिक्षकहरुले गाली गरेपछि उनीहरुको झगडा त्यहाँ साम्य भएको थियो ।

उनीहरुको झगडा पछि भद्रपुर बस स्टेन्डसम्म पुगेको थियो । सुरुमा इँटा प्रहरबाट सुरु भएको ग्याङ फाइटमा खुकुरी प्रयोग भएको सूचनालगत्तै पुगेको प्रहरीले घटनास्थलबाट युवाहरुलाई नियन्त्रणमा लिएको हो ।

घटनास्थलबाट चारजना युवाहरुलाई खुकुरीसहित नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

घटनाको अनुसन्धान सुरु गरिएको बताइएको छ । प्रहरीले समयमै युवाहरु नियन्त्रणमा लिएका कारण ठुलो दुर्घटना टरेको छ । पक्राउ परेका युवाहरुको नाम खुलाइएको छैन ।jhapatodaybata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार