गरामुनीको स्कुलमा विस्फोट,एक जनाको खुट्टा क्षतविक्षत

0
SHARES
47
VIEWS

गरामनीको बेल्स मोडल विध्यालयमा बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एक जना गम्भिर घाइते भएकाछन ।
घाइतेको खुट्टा चुडिंएको छ ।बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा रहेको बेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एक जना गम्भिर घाइते भएका हुन।

स्कुलले आज मगंलवार आयोजना गरेको शैच्छिक तथा खेलकूद कार्यक्रमको सजावटका लागि ग्यास भरिएको मेशिनबाट बेलुन फुलाउने क्रममा विस्फोट हुँदा अन्दाजी ५५ वर्षका भारतीय नागरिक गणेश सहनी घाइते भएका हुन् ।

उनको उपचारको लागि विएण्सी हस्पिटल पठाइएको र अवस्था चिन्ताजनक रहेको वडाअध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिनुभयो ।

वडा अध्यक्ष खरेलका अनुसार घाइतेको कम्मर मुनिको भाग छेदविछेद अवस्थामा छ । विस्फोटमा उनको खुट्टा चुँडिएर झरेको छ ।

विस्फोटमा अन्य एक जनापनि घाइते भएको र उनको अवस्था सामान्य रहेको जनाइएको छ ।प्रहरीले घटनाको अनुसन्धान शूरु गरेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार