विर्तामोडमा दादुरा संक्रमण देखिएपछि स्वास्थकर्मीको चिन्ता,सक्रिय खोज शुरु

0
SHARES
2
VIEWS

झापाको झापा गाउँपालिकाको एउटै टोलका छजनासहित झापामा सातजनामा दादुराको संक्रमण देखिएको छ ।

झापा ७ को सन्थाल बस्तीका छजनालाई दादुरा देखिएको हो । ७ वर्षदेखि ३७ वर्षसम्मका उमेर समूहका संक्रमितहरु चारजना महिला र दुईजना पुरुष रहेका छन् ।

सन्थाल बस्तीका सन्थाल समुदायका दुईजना, थापा थरका तीनजना र बराइली थरका एकजनामा दादुरा पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

त्यस्तै, बिर्तामोडका एकजनामा पनि दादुराको संक्रमण देखिएको छ । झापा गाउँपालिकामा छजनामा दादुरा आउटब्रेक भएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले बताए ।

यसअघि, सन् २०२३ मा झापामा छजनालाई दादुरा देखिएको थियो । तर, सन् २०२४ को दुई साताकै अवधिमा सातजनालाई संक्रमण देखिसकेको स्वास्थ्य प्रमुख बाराकोटीले बताए ।

झापा गाउँपालिकामा पहिलो संक्रमण पुस १३ गते देखापरेको थियो । शरणामती स्वास्थ्य चौकीमा आएका ती संक्रमितको रगत परीक्षणका गर्दा पुस २५ गते पोजिटिभ आएको थियो ।

त्यसपछि, झापा गाउँपालिकाको स्वास्थ्यकर्मीहरुको टोलीले पुस २६ गते सो टोलमा खटिएर नमुना संकलन गरेको थियो ।

त्यसबेला छजनाको रगत संकलन गरिएकोमा पाँचजनामा पोजिटिभ देखिएको झापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेमकुमार न्यौपानेले बताए । त्यसको रिपोर्ट शुक्रबार आएको हो ।

एउटै गाउँका ६ जनामा दादुरा देखिएपछि स्वास्थ्यकर्मीहरुले सक्रिय खोज सुरु गरेका छन् । मंगलवार विश्व स्वास्थ्य संगठनका प्रतिनिधि, स्वास्थ्य कार्यालयको टोली, गाउँपालिकाका कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियासहितका जनप्रतिनिधि, विद्यालयका शिक्षकलगायतबीच संक्रमण रोकथामका विषयमा बृहत अन्तरक्रिया गरिएको छ ।

स्वास्थ्य शाखा प्रमुख न्यौपानेले अन्य संक्रमितको खोजीका लागि कन्ट्र्याक्ट ट्रेसिङ सुरु गरिएको बताए । उनले रेपिड रेस्पोन्स टिम परिचालन गरिने, घरधुरी सर्वेक्षण गरिने, सम्बन्धित व्यक्तिहरुलाई अभिमुखीकरण गरिने जानकारी दिए ।

संक्रमितहरुलाई भिटामिन ‘ए’ को उपचार गरिएको उनले बताए । अन्तरक्रिया कार्यक्रममा विश्व स्वास्थ्य संगठनकी संगीता शाह, स्वास्थ्य कार्यालय झापाका प्रमुख बाराकोटी, गाउँपालिकाका कार्यवाहक अध्यक्ष थपलिया स्वास्थ्य शाखा प्रमुख न्यौपानेलगायतको सहभागिता रहेको थियो ।jhapatodaybata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार