राजवंशीको घरबाट २२ तोला सुन र ८५ तोला चाँदी चोरी

0
SHARES
34
VIEWS

भाक्का दिवस मनाउन विर्तामोड आएको मौका छोपेर राजगढमा २२तोला सुन सहित ३५लाख रुपैया चोरी भएको छ ।

झापाको बाह्रदशी–३ राजगढमा २२ तोला सुन र ८५ तोला चाँदी चोरी भएको प्रहरीले बताएको हो ।

विर्तामोडमा ७ औ भाक्का दिवस आयोजना गर्न श्रीमतीलाइ ससुराली पठाएर आएका मनिष राजबशींको घरबाट चोरी भएको हो ागत पुस २९ गते राति भएको पिडित मनिषले पुर्वखवरलाइ बताए ।

स्थानीय मनिष राजवंशीको घरबाट २२ तोला सुन र ८५ तोला चाँदी चोरी भएको छ । राजवंशीले ३५ लाख रुपैयाँबराबरको क्षति भएको भन्दै इलाका प्रहरी कार्यालय राजगढमा उजुरी दिएका छन् ।

श्रीमतीलाई झापा गाउँपालिकामा रहेको माइती पठाएर मनिष भाक्का दिवस मनाउन बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशाला आएका थिए । सो दिन राति आफू पनि ससुराली गएका उनी बिहान घर आइपुग्दा सबै ढोका फुटाएको भेटाउँदा चकित भएका थिए ।

माघ १ गते बिहानै घर आउँदा सबै खुला रहेको तथा घरभित्रका दराजहरु सबै खुला थिए । कपडाहरु जथाभावी छरिएको थियो । घरमा रहेको सबै गरगहना चोरी भएको उनले बताए ।

चोरी गर्नेले घरको कम्पाउन्ड वाल नाघेर घरमा प्रवेश गरेको देखिएको छ भने चोरले घरमा मानिसको चहलपहल नभएको मौका पारेर नियोजित रुपामा नै चोरी गरेको स्थानियहरुले बताएकाछन ।
प्रहरीले घटनाको अनुसन्धान शूरु गरिसकिएको तर अहिले सम्म चोर प्रकाउ परिनसकिएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार