विपन्न समुदायका १सय ५८ ज्येष्ठ नागरिकलाई ब्लाङ्केट वितरण

0
SHARES
5
VIEWS

राजकुमार ओली
विर्तामोड
झापाको विर्तामोड स्थित बुटटाबारीमा विपन्न समुदायका १सय ५८ ज्येष्ठ नागरिकलाई ब्लाङ्केट वितरण गरिएको छ ।
त्यस्तै उनीहरुलाई मिष्ठान्न भोजन पनि गराएको छ । बिर्तामोड ४ को सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले मानवीय उद्धार सेवा केन्द्र नेपालको सहकार्यमा एक सय ५८ ज्येष्ठ नागरिकलाई ब्लाङ्केट वितरण गरेको हो ।

सिम्रिक साकोसले सामाजिक उत्तरदायित्व अन्तरगत बुधवार विर्तामोड ६ जनकन्या मन्दिर आसपासमा रहेको तथा सुकुम्बासी क्षेत्रका जेष्ठ नागरिकहरुलाइ स्थानिय जनकन्या मन्दिरमा जाडोका न्यानो लुगा तथा सिरक डसना वितरण गरिएको हो । विर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाइको हातबाट उहाँहरुलाइ लुगा हस्तान्त्ररण गर्दै मिष्ठान्न भोजन वितरण गरिएको सहकारीका कार्यकारी प्रमुख कमल बस्नेतले बताउनुभएको हो ।हस्तान्त्ररण गर्दै प्रमुख अथिती मेयर महताराले सहकारीले विर्तामोडका जनजिवनमा महत्वपुर्ण भुमिका खेलेको तर अर्व धेरै कारोवार गर्नै बैकहरुको भुमिका निराशाजनक रहेको बताउनुभएको छ ।जनतालाइ बचाउन सहकारीको भुमिका लोभलाग्दो देखिएको र जन्म देखि मृत्यु सम्मको कार्यमा सहकारी असल साथी भएर उभिएको बताउनुभएकोछ

शितलहरबाट बचाउन पनि यो अभियान सन्चालन गरिएको र आफुहरु सहकारी भएकोले पनि सवै नागरिकहरुको घरघरमा पुग्ने अध्यक्ष सुवास भटटराइले बताउनुभएको छ ।जनता र नागरिकको निम्ती पनि सहकारीले यो अभियान सन्चालन गरेको जानकारी गराउदै अध्यक्ष भटटराइले शिक्षाको क्षेत्रमा १०हजार धेरै विध्यार्थीहरुलाइ शैक्षिक सामाग्री वितरण गरिएको बताउनुभएको छ ।

न्यानो लुगा प्राप्त गरेपछि विपन्न ज्येष्ठ नागरिकहरुले आफुहरुलाइ माघ काटन गाह्रो होला भन्ने लागेको तर अव सहज भएको बताउनुभएको छ ।
जाडोमा आफुहरुको दैनिकी बहुत कष्टकर भएकोमा सिम्रीक सहकारीले गरेको कार्यले आफुहरु निक्कै उत्साहित भएको लक्ष्मीमाया तामागंले बताउनुभएको छ

कार्यक्रममा विर्तामोड ६का वडा अध्यक्ष सुर्य कन्दडंवा,७का अध्यक्ष कृष्ण अविरल,लगाएत विर्तामोडका अगुवाहरुको सहभागिता रहेको थियो ।गत हप्ता समेत सिम्रीक सहकारीले झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा हल्दिवारीमा ज्येष्ठहरुलाइ ब्लाङ्केट वितरण गरेको थियो ।

पुस र माघ महिनामा अत्याधिक जाडो हुने र शीत लहर चल्ने भएकाले जाडो छेक्नका लागि विपन्न वर्गका ज्येष्ठ नागरिकलाई ब्लाङ्केट वितरण गरिएको सिम्रिक साकोसका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिनुभएको हो । संस्थाको कार्यक्षेत्र हल्दीबारी, बाह्रदशी तथा कचनकबलका गरिब तथा आर्थिक अवस्था कमजोर भएका विपन्न वर्गका जेष्ठ नागरिकलाई लक्षित गरी ब्लाङ्केट वितरण गरिएको कार्यकारी प्रमुख बस्नेतको भनाई छ ।

हाम्रो सानो सहयोगले न्यानो ब्लाङ्केट नभएर कठ्याङ्ग्रिएर रात काट्न विवश विपन्न परिवारका ज्येष्ठ नागरिकलाई यो जाडोमा न्यानो हुन्छ भनेर ब्लाङ्केट वितरण गरिएको संस्थाका अध्यक्ष सुवास भट्टराईको भनाइ छ । अन्य वित्तीय संस्थाभन्दा सिम्रिक सहकारी पृथक भएको बताउँदै संस्थाका अध्यक्ष भट्टराईले सहकारी जन्मेदेखि मृत्युपर्यन्त सदस्यको साथी भएको जानकारी दिनुभएको हो ा।

बाहिर निस्कदा एकसरो न्यानो कपडा भएपनि घरभित्र ओढ्ने र ओछ्याउने नहुँदा जेष्ठ नागरिक कठ्याङ्ग्रिन थालेको र स्वास्थयमा समेत असर पुग्ने अवस्थालाई ध्यानमा दिंदै सिम्रिक साकोसले सहयोग जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार