सुरुङ्गामा जिल्लास्तरीय पालिका पुरुष फुटबल प्रतियोगिता सञ्चालन गरिने

0
SHARES
12
VIEWS

झापाको सुरुङ्गामा जिल्लास्तरीय पालिका पुरुष फुटबल प्रतियोगिता सञ्चालन गरिने भएको छ ।

‘खेलकुद मार्फत राष्ट्र विकासको अभियान’ भन्ने मूल नाराका साथ अघि बढेको कनकाई खेलकुद प्रतिष्ठानले अघिल्ला वर्षहरु झै आफ्नो वार्षिक क्यालेण्डरमा भएको कार्यक्रमलाई सञ्चालन गर्ने तयारी गरेको हो ।

कनकाई माविको खेल मैदानमा माघ ६ गतेदेखि पुरुष फुटबल प्रतियोगिता सञ्चालन गर्ने गरी खेल तालिका सार्वजनिक गरिएको छ । झापाका १० वटा पालिकाको सहभागितामा संचालन हुने प्रतियोगिता १७ गते समापन हुने खेल संयोजक रमेशचन्द्र मैनालीले जानकारी दिएका छन् ।

प्रतिष्ठानको तर्फबाट झापाका १५ वटै पालिकालाई प्रतियोगितामा सहभागिताका लागि अनुरोध गरिएको भए पनि केही पालिकाको आफ्नै समस्याका कारण सहभागी हुन नसक्ने जानकारी आएपछि खेलमा १० वटा पालिकाको सहभागिता रहने खेल संयोजक मैनाली बताउँछन् ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलबाट समुद्घाटन गरिने प्रतियोगिताको उद्घाटन खेल कनकाई नगरपालिका र गौरीगञ्ज गाउँपालिका बीच हुने खेल तालिकामा उल्लेख छ ।

प्रतियोगिताका विजेतालाई प्रथम पुरस्कार नगद १ लाख ११ हजार र उपविजेतालाई नगद ७५ हजार रुपैयाँ, प्रमाण पत्र र ट्रफीको प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष छबी थपलियाले जानकारी दिए ।

प्रत्येक खेलको म्यान अफ दि म्याचको पुरस्कार नगद २ हजार रहेको छ भने खेल अवधिभरका उत्कृष्ट गोल किपर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर लगायतको पुरस्कार जनही नगद २ हजार १०० रहेको जनाइएको छ । म्यान अफ दि टुर्नामेन्टका लागि ५ हजार रुपैयाँको पुरस्कार व्यवस्थापन गरेको प्रतिष्ठानका अध्यक्ष थपलियाले जानकारी दिए ।

मुख्य आर्थिक सहयोग कनकाई नगरपालिकाको रहने प्रतियोगितामा खेल सम्पन्न गर्न ६ लाख ४९ हजार ४०० रुपैयाँको अनुमान गरिएको आयोजक समितिले जनाएको छ । प्रतियोगितामा खेलप्रेमी व्यक्तित्वहरु, उद्योगी व्यवसायी, विभिन्न संघसंस्था साथै प्रतिष्ठानका सदस्यहरुबाट आर्थिक सहयोग प्राप्त हुने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार