किन गरे वडा अध्यक्षले आत्महत्या-अनुसन्धान गर्दै प्रहरी

0
SHARES
33
VIEWS

राजकुमार ओली बिर्तामोड। नेकपा एमालेका केन्द्रीय सल्लाहकार बालकृष्ण मैनालीले झुण्डिएर आत्महत्या गर्नुभएको छ। कन्काई नगरपालिकाका पूर्व वडा अध्यक्ष समेत रहेका ८० वर्षीय बालकृष्ण मैनालीले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका इलाका प्रहरी कार्यालय बताएको छ उहाँको परिवारले खबर गरेपछि सुरुङ्गा प्रहरी सहित इलाका प्रहरी कार्यालय बिर्तामोडले घटनालाई नजिकबाट नियाली रहेको र अनुसन्धान अघि बढाएको बताएको हो। मैनालीको मृत्युलाई गम्भीर रूपमा हेर्दै सुक्ष्म तरिकाले अध्ययन सुरु गरिएको प्रहरी नायब उपरीक्षक सुरज कार्कीले पूर्व खबरलाई बताउनुभयो। नेकपा एमालेका केन्द्रिय सल्लाहकार सदस्य तथा तत्कालिन साविक सुरुङ्गा गाविस वडानम्बर ५ हालको कनकाई ३ का वडाध्यक्ष समाजसेवी बालकृष्ण मैनालीले आफ्नै घरमा झुण्डिएर आत्महत्या गर्नुलाई गम्भीर रुपमा लिनुपर्ने र अबका दिनमा यस्ता घटनालाई कमी गर्नको लागि साइकोलोजिस्ट सहितको सेवा प्रत्येक नगरपालिकाले सुरु गर्नुपर्ने देखिएको स्थानीय हरुले बताएका छन्।

कन्काई नगरका सामाजिक अभियन्ताको पहिचान बनाएका बालकृष्ण मैनालीले घरको कम्पाउण्ड वालको अगाडीपट्टी दाहिने साईडको पिल्लरको रडमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डिएर आत्महत्या गरेको फेला पारिएको थियो ।

उनकी श्रीमती राममाया मैनालीले देखेर ईलाका प्रहरी कार्यालय सुरुङ्गामा जानकारी गराउनासाथ प्रहरी टोली खटिगई घटनास्थल सुरक्षित राखिएको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि ईप्रका अनारमनीबाट टोली खटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताउनुभएको छ। प्रवक्ता गिरीले पछिल्लो समय झापामा आत्महत्याको सङ्ख्या ह्वात्तै बढ्नलाई गम्भीर रुपमा लिएको र नेपाल प्रहरी यस्ता घटनालाई न्यूनीकरण गर्न लागि परेको बताउनुभएको छ। आउने दिनमा झापा जिल्लाका सबै पालिकाहरूसँग सहकार्य गर्दै सामुदायिक प्रहरी को साथ लिएर टोलटोलमा छिर्नुको विकल्प नभएको झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले पूर्व खबरलाई बताउनुभयो। बिर्तामोडमा रहेको सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष देवी संग्रौलाले आफूहरूले समेत विगतमा बेर्तामोड नगरपालिकालाई लागू औसत मुक्त क्षेत्र घोषणा गर्दै आत्महत्या न्यूनीकरणको अभ्यास सुरु गरेको तर पछिल्लो समय बढ्दो आर्थिक समस्या र खस्कदो व्यावसायिक अवस्थाले गर्दा आत्महत्याको घटनाक्रम बढ्दो अवस्थामा देखिएकोले आफूहरू टोलटोलमा अभियानका साथ सहजीकरणमा लागि परेको बताउनुभएको छ।

मैनालीको शव पोष्टमार्टमकालागी मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको र घटनालाई गम्भीर रूपमा अध्ययन गरिरहेको प्रहरीले बताएको छ।
उहाँलाई १ दिन पहिले मात्रै डाइरिया भएका कारण उपचारका लागि अस्पताल लगिएको र हाल घरमै आराम गरिरहनुभएको बताइएको छ ।
एमाले पार्टीभित्र समेत निष्ठाका कार्यकर्ताका रुपमा रहनुभएका मैनालीको निधनले सिंगो पार्टीलाई क्षति पुगेको उक्त पार्टीको कनकाई नगर कमिटीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार