झापा गोल्ड कपलाई अन्तर्राष्ट्रिय झापाली समाजद्वारा ७ लाखकाे चेक हस्तान्तरण

0
SHARES
1
VIEWS

अन्तर्राष्ट्रिय झापाली समाजले झापा गोल्ड कपलाई सात लाख रुपैयाँ दिएको छ । बुधबार गोल्ड कपको कार्यालयमा आयोजित संक्षिप्त समारोहका बीच समाजले सात लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना र महासचिव नवीन पोखरेलले गोल्ड कपका अध्यक्ष बिनोद बस्नेत र महासचिव गजेन्द्रबहादुर पौडेललाई चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले कोरोना संक्रमणदेखि अन्तर्राष्ट्रिय झापाली समाजसँग सहकार्य भएको उल्लेख गर्दै यसपटक समाजले गोल्ड कपका लागि झन् महत्वपूर्ण सहयोग गरेको बताए ।

गोल्डकपको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउनेछ । झापा गोल्डकपको छैटौँ संस्करण सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार