झापा गोल्डकपले गर्यो डोमलालको परिवारलाई आर्थिक सहयोग

0
SHARES
4
VIEWS

झापा गोल्डकपद्वारा डोमालालको परिवारलाई एक लाख सहयोग
झापा । झापा गोल्डकपले डोमालाल राजवंशी रंगशालाका जग्गादाता डोमालाल राजवंशीको परिवारलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । डोमालाल राजवंशी रंगशालामा आजदेखि शुरु भएको छैटौँ झापा गोल्डकपको उद्घाटनका अवसरमा जग्गादाता राजवंशीको परिवारलाई सो नगद प्रदान गरिएको हो ।

समाजसेवी विवेक प्रसाईँ र सङ्गीता प्रसाईँद्वारा उपलब्ध गराइएको एक लाख नगद राजवंशी परिवारलाई प्रदान गरिएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताए । उनले झापा गोल्डकपको बजेटबाट एक लाख रुपैयाँ सहयोग गर्न अपुग भएपछि सहयोगी खोजी गरी डोमालालका नाति भीम राजवंशीलाई प्रदान गरिएको जानकारी दिए । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले चेक हस्तान्तरण गरेका थिए ।

अध्यक्ष बस्नेतले सहयोगी प्रसाईँ दम्पत्तीलाई धन्यवाद दिएका छन् । यसअघि झापा गोल्डकपले जग्गादाता राजवंशीको परिवारलाई २५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । गत फागुन ८ गते राजवंशी विकास प्रतिष्ठानको अगुवाइमा दाता डोमालाल राजवंशीको परिवारको निम्न अवस्थाका कारण कम्तीमा पाँच लाख रुपैयाँ उपलब्ध गराउनु पर्नेलगायतका माग गरिएको थियो । स्वर्गीय डोमालालकी छोरी सम्पत्ति र नातिनी बुहारी ललिता राजवंशीको उपस्थितिमा प्रतिष्ठानले झापा गोल्डकप र बिर्तामोड नगरपालिकालाई चार बुँदे ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापनपत्रमा जग्गादाता डोमालाल राजवंशीको शालिक निर्माण गरिनु पर्ने , डोमालाल राजवंशीले दिएको जग्गामा करोडौँको बजेटमा प्रतियोगिता गराइरहँदा दाता परिवारको हालको अवस्थालाई मनन गरी यसै गोल्डकपमा कम्तीमा ५ लाख रुपैयाँ उपलब्ध गराउनु पर्ने , डोमालाल राजवंशी रङ्गशालासँग सम्बन्धित गोल्डकप आयोजक समिति,संरक्षण समितिलगायतका समितिहरूमा दाता परिवारका एक जना सदस्य र राजवंशी समुदायको प्रतिनिधित्व हुनुपर्ने र डोमालालको परिवारले चर्चेको जग्गा उनीहरूकै स्वामित्वमा हस्तान्तरण गरिनु पर्ने माग उल्लेख गरिएको थियो ।

ती मागप्रति गोल्डकपका अध्यक्ष बस्नेत सकारात्मक देखिएको प्रतिष्ठानका सचिव इन्द्रसिंह राजवंशीले बताए । डोमालाल राजवंशीले रंगशाला भएको ठाउँमा करिब १३ विगाह जग्गा दान दिएका थिए । अहिले भूमिहीन बनेका डोमालालको परिवारले मजदुरी गरी गुजारा गरिरहेका छन् । onlinebata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार