जयपुर सहकारीका उपाध्यक्ष र व्यवस्थापक पक्राउ-अदालत बाट ठगि मुद्धामा चार दिनको म्याद थप

0
SHARES
71
VIEWS

झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ मा रहेको जयपुर बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष र व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले संस्थाका उपाध्यक्ष ठाकुर श्रेष्ठ र केशवकुमार भण्डारीलाई पक्राउ गरेको हो ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक महेन्द्र पराजुलीको नेतृत्वमा गएको टोलीले बुधबार १२ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।

संस्थाका संयोजक फडिन्द्र पोखरेलले दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शेयर सदस्यहरुले जम्मा गरेको शेयर पुँजी तथा बचत रकम सहकारीका सञ्चालक समिति, व्यवस्थापक र कर्मचारीहरुले अपचलन गरेको उजुरीका आधारमा पक्राउ गरी जिल्ला अदालत झापाबाट ठगि मुद्धामा चार दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार