आर्मी सेमिफाइनलमा प्रवेश-अन्तिम क्वाटरफाइनल खेल आयोजक झापा-११ र एन्फा मकवानपुरबिच हुने

0
SHARES
2
VIEWS

झापा । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब झापाको विर्तामोडमा जारी छैटौं अर्ना झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार विर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा सम्पन्न प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मीले अन्तिम चारको यात्रा शुनिश्चित गरेको हो ।

चारपटकको उपाधि बिजेता त्रिभवन आर्मी क्लब र मच्छिन्द्र फुटवल क्लब बिच अत्यन्तै रोमाञ्चक बनेको खेलमा पहिलो हापको ११औं मिनेटमा हिसुब थपलियाको उत्कृष्ट पासमा विदेशी खेलाडी स्टेफन्स विनोङ्सले मछिन्द्रका लागि गोल गरे । तर उनको त्यो गोल जितको लागि पर्याप्त भएन ।

पहिलो आफमा केही कमजोर देखिएको आर्मीले दोस्रो हाफमा मच्छिन्द्रलाई दबाबमा राख्न सक्यो । दोस्रो हाफमा मच्छिन्द्रले राम्रो फिनिसङ गर्न सकेन । आर्मीका लागि खेेेलको ६१ औं मिनेटमा नवयुग श्रेष्ठ र ८० औं मिनेटमा बसन्त जिम्बाले गोल गरे ।

आर्मी झापा गोल्डकपको उपाधि दाबेदार मानिन्छ । आर्मीका लागि डोमलाल राजवंशी रंगशाला ‘लक्की मैदान’ मानिन्छ । जितसँगै आर्मीले फाइनल प्रवेशका लागि अर्को विभागीय टोली एपीएफ फुटबल क्लबसँग शुक्रबार खेल्नेछ । खेलको अफ द म्याच आर्मीका बसन्त जिम्बा भए । उनले नगद ११ हजार प्राप्त गरे ।

बिहिवारको अन्तिम क्वाटरफाइनल खेल आयोजक झापा-११ र एन्फा मकवानपुरबिच हुने झापा गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

२८ गतेसम्म चल्ने झापा गोल्डकपमा ए डिभिजन क्लबसहित १० टिमले सहभागिता जनाएका छन् । छैटौं संस्करणको झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले नगद सात लाख रुपैयाँ पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार