द्वन्द्व फैलाउन खोज्नेबाट सचेत हुन जरुरी : ओली-१० करोड रकम तत्काल प्रबन्ध गर्ने घोषणा

0
SHARES
23
VIEWS

फाल्गुन २३, २०८०
प्रकाश बराल

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वार्थका द्वन्द्व फैलाउन खोज्नेबाट सचेत हुन जरुरी रहेको बताएका छन् । बागलुङको पञ्चकोटमा आयोजित महायज्ञमा आएका ओलीले ‘वैदिक सनातन तथा बौद्ध धर्म र धार्मिक स्थलको संरक्षण’ विषयक सम्मेलनलाई पनि सम्बोधन गरे ।

उक्त अवसरमा उनले सबै धर्मको सम्मान गर्ने राज्य बनाउने समेत उनले बताए । ओलीले नेपालमा बेदको रचना भएको, बुद्ध जन्मेको, राम र सीताको जन्म भएको र शिवपार्वतीको निवास भएकोले धार्मिक क्षेत्रको रुपमा परिचित भएको बताए । ‘नेपाल देव भूमि, ज्ञान भूमि, तपो भूमि, ध्यान भूमि र पुण्य भूमि हो,’ ओलीले भने, ‘यो शान्ति भूमिलाई खलबल्याउन खोज्ने तत्वबाट हामी सचेत बन्नुपर्छ ।’ पछिल्लो समय राजनीतिमा समेत धार्मिक समूह र साम्प्रदायिक हिंसा भड्काउन खोजिएको उनको आरोप छ ।

सनातन धर्मको रक्षाका लागि काम गर्न सरकार र राज्य व्यवस्था तयार हुनुपर्ने ओलीको भनाइ छ । महायज्ञले विश्वकै शान्तिको कामना गरेको भन्दै महायज्ञका संकल्पकर्ता कमलनयनाचार्यको प्रशंसा गरे । ‘स्वार्थका द्वन्द्व फैलाउन खोज्नेबाट हामी सचेत हुन जरुरी छ,’ ओलीले भने, ‘मूर्ति चोरिए, उपदेश च्यातिए पनि सत्यकुरा टिकेको छ ।’

२६ सय वर्षदेखि बुद्धका उपदेश अझै सार्न्दभिक भएको, सनातन धर्मका मूल्य मान्यताहरु अझै उपयोगी भएको उनको भनाइ थियो ।

ओली २०७१ सालमा पञ्चकोटको शिलान्यासमा आएका थिए । उनले महायज्ञस्थलमा उभिएर १० करोड रकम तत्काल प्रबन्ध गर्ने घोषणा पनि गरे । ‘मैले पहिले नै बोलेको हो, त्यो अझै आएको छैन ?’ ओलीले भने, ‘त्यो रोकिनु हुँदैन, तत्काल आउँछ ।’

महायज्ञमार्फत यहाँ १ सय ८ फिट अग्लो विश्व शान्ति गण्डकी कलश निर्माण गर्ने लक्ष्य राखिएको संकल्पकर्ता कमलनयनाचार्यले बताए । त्यस बाहेक यहाँ ५ हजार ५ सय ५५ केजीको ‘मुक्तिनाथ महाघण्टी’ स्थापना भइसकेको छ । हनुमान, पञ्चमहालक्ष्मी, गण्डकी मन्दिर र गरुणशिला बनिसकेको छ । महायज्ञभर २१ हजार ५ सय ५५ क्विन्टल धान दान गरिएको थियो । त्यस्तै १ लाख १५ हजार श्रीफल हवन गरिएको आयोजकले बताए ।

महायज्ञमा अहिलेसम्म कति रकम संकलन भयो भन्ने यकिन नभए पनि झण्डै १० करोड संकलन भएको आयोजकले प्रारम्भिक तथ्यांक दिएको छ । महायज्ञको पाठपारायण बुधबार समापन भए पनि अन्य दानद्रव्यका काम बाँकी रहेको आयोजक सदस्य जगन्नाथ आचार्यले जानकारी दिए ।ekantipur bata savar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार