कैलासेश्वर महादेवमा चौथोपटक महाशिवरात्री पर्व आयोजना

राजकुमार ओली बिर्तामोड।

कोशीकै ठूलो मूर्ति मानिएको बिर्तामोड स्थित रामचोकको कैलासेश्वर महादेव मा चौथोपटक महाशिवरात्री पर्व आयोजना गरिएको छ।
बिर्तामोड १ स्थित रामचोकमा मानव निर्मित महादेवको मन्दिरमा बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतराले एक कार्यक्रमका बीच कोशीकै ठूलो मूर्ति रहेको महादेव मन्दिरमा महाशिवरात्रीको उद्घाटन गर्नुभएको हो।
उद्घाटन समारोहमा बिर्तामोडका नगरप्रमुख नगेन्द्र संगौला १ का वडा अध्यक्ष अग्नि पाण्डे ४ का वडाध्यक्ष राहुल शर्मा दुईका वडा अध्यक्ष किशोर पौडेल। कोटी होम घाटका अध्यक्ष वेद प्रकाश अग्रवाल बिर्तामोड उद्योग वाणिज्य सङ्घका महासचिव कुशल खतिवडा नेपाल जेसिसका उपाध्यक्ष घनश्याम चौधरी लगायतले महाशिवरात्रीको अवसर पारेर यो मन्दिरले महत्वपूर्ण भूमिका खेलेको शुभकामना मन्तव्य राख्नुभएको थियो पछिल्लो समय निकै व्यस्त र भीड देखिन थालेको यो कैलाशश्वर महादेव मन्दिर परिसरमा युवादेखि बालबालिकासम्मको भिड लाग्ने गरेको छ।
प्रत्येक वर्षको आजको दिन नै यो मन्दिर परिसरमा भक्तजनको भिडलाई व्यवस्थापन गर्न स्थानीय आयोजकले पनि छिमेकी टोल विकासको साथ लिएर रातभर जाग्राम बसाउने तथा आएका भक्तजनहरूलाई फलफुल जुस र पानीको व्यवस्थापन गराउने कार्य गर्दै आएको अध्यक्ष जनक खड्काले बताउनुभएको छ।
विगत एक दशक अघि स्थानीय अगुवा दिपक दाहाल को आर्थिक सहयोगमा र स्थानीयहरूको अगुवाइमा ३८ फिट अग्लो शिव भोले बाबाको नामको मूर्ति स्थापना गरी वैदिक विधि अनुसार मन्दिर स्थापना गरिएको थियो। त्यस दिनदेखि यो क्षेत्रमा धार्मिक भक्तजनहरूको घुइँचो लाग्न थालेको सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र विर्तामोडका अध्यक्ष एवं स्थानीय हिमाल सागर पार्टी प्यालेसका हिमाल सागर पार्टी प्यालेस का सञ्चालक देवी संग्रौला ले बताउनुभएको छ।

महाशिवरात्री को रातभर जाग्राम बसेर आजको यो पर्वलाई भव्य र सभ्य बनाउन सकिएको यस महादेव मन्दिर का सञ्चालक डिल्ली थपलिया ले जानकारी दिनुभएको छ।
बिर्तामोड १ स्थित देवीपञ्चकन्या टोल विकास संस्थामा हाल १२५ परिवार बसोबास गर्छन् भने देवीपञ्चकन्या आयोजना ले निःशुल्क प्रदान गरेको जमिनमा यो महादेवको मन्दिर स्थापना गरिएको टोल विकास समितिका उपसचिव विजय भट्टराईले जानकारी दिनुभएको छ।
देवी पञ्चकन्या प्लटिङका सञ्चालक व्यवसायी मी प्रकाश मैनालीले आफूहरुले प्लटिङको बीचमा केही जमिन दिने वाचा गरे अनुरुप जमिन दिएको र सोही जमिनमा मन्दिर बन्दा खुसी लागेको र आउने दिनमा आफूहरू अझ लगानी गर्न आतुर रहेको पूर्वखरलाई बताउनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array