रेटिनोप्याथी अफ प्रिम्याच्योरिटी (आरओपी) का बिषयमा मेची आँखा अस्पतालद्वारा चिकित्सकहरुसंग अन्तरक्रिया

0
SHARES
6
VIEWS

बिर्तामोड, ७ चैत ।
समय नपुग्दै जन्मने बच्चामा देखिने प्रमुख समस्यामध्ये आँखाको पर्दामा असर गर्ने समस्या रेटिनोप्याथी अफ प्रिम्याच्योरिटी (आरओपी) का बिषयमा मेची आँखा अस्पतालले चिकित्सकहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

झापाको बिर्तामोड ३ स्थित सैनिकमोडमा रहेको आँखा अस्पतालले बिर्तामोड, भद्रपुर लगायतका स्त्रीरोग बिशेषज्ञ, बालरोग बिशेषज्ञ, आँखा रोग बिशेषज्ञ , एनेस्थेसिया चिकित्सकसंग अन्तरक्रिया गरेको हो ।

समयअगावै जन्मने बच्चाको आँखाको जाँच गरिएन र उपचार भएन भने उनीहरुमा अन्धोपन हुन्छ ।
तसर्थ सचेतना अभिबृद्धिकालागि आंखा अस्पतालले सम्बन्धीत चिकित्सकसंग आरओपीका बिषयमा अन्तरक्रिया कार्यक्रम गरेको मेची आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. पुरुषोतम जोशीले बताउनुभयो । चिकित्सकका अनुसार आरओपी भएको बच्चाको जन्म भइसकेपछि प्रसूतिरोग विशेषज्ञ वा नवजात शिशु विशेषज्ञले विशेष ध्यान दिनुपर्ने हुन्छ । विशेषज्ञ डाक्टरले यसरी जन्मिएको बच्चाको आँखा जाँच गराउन सल्लाह दिए समयमै उपचार हुन्छ ।
तसर्थ बालरोग र स्त्रीरोग र नेत्र चिकित्सकसंग जनचेतना अभिबृद्धिकालागि अन्तरक्रीया कार्यक्रम गरिएको मेची आँखा अस्पतालका मोतीयाबिन्दु तथा रेटिना बिशेषज्ञ डा. विपिन बिस्टले बताउनुभयो । आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संघका सचिव गणेश पोखरेलले गर्नुभएको थियो । अध्यक्ष गुरुङले मेचि आँखा अस्पताल गुणस्तरीय तथा प्रविधिमैत्री सेवामा सदैब लागि पर्ने प्रतिबद्धता जनाउनुभयो ।

डा. पुरुषोतम जोशीले औचित्माथि प्रकाश पार्नुभएको कार्यक्रमको सञ्चालन अस्पतालका स्वास्थ्य शिक्षा अधिकृत युवराज बोहोराले गर्नुभएको थियो ।

कार्यक्रममा आरओपी के हो , यसको उपचार कसरी गर्ने लगायतका बिषयमा डा. जोशी र डा. बिपीनले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा ४० भन्दा बढी चिकित्सकको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार