उद्योगपति विनोद चौधरीसँग बयान लिन सुरु

0
SHARES
1
VIEWS

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा किनबेच प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीसँग बयान लिन सुरु गरेको छ ।

आज बिहान बयान दिन चौधरी आफै सीआईबी कार्यालयमा पुग्नुभएको छ । त्यसलगत्तै सरकारी वकिलको कार्यालयमा लगेर उहाँसँग बयान लिन सुरू गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ । उहाँसँग बयान लिने क्रम जारी रहेको कार्यालयले जनाएको छ ।

हिजो सीआईबीले सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै बाँसबारी जग्गा प्रकरणमा चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी गराएको थियो ।

गत आइतबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले चौधरीको बयान लिन निर्देशन दिनुभएको थियो ।

बाँसबारीको १० रोपनी सरकारी जग्गा कीर्ते गरी निजी बनाएको भन्दै सीआईबीले अनुसन्धान गरिरहेको छ ।

यसअघि चौधरीका भाइसमेत रहनुभएका उद्योगपति अरुण चौधरीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको थियो । तर, उहाँ अदालतको आदेशबाट रिहा हुनुभइसकेको छ ।dainiknepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार