शिवसताक्षीमा कोशी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिता हुने

0
SHARES
2
VIEWS

झापाको शिवसताक्षीमा कोशी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता चैत १५ देखि २२ गतेसम्म हुने आयोजक समितिले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

झिलझिले भेट्रान फुटबल क्लबले शनिबार झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा आयोजना हुने उक्त प्रतियोगितामा कोशी प्रदेशका १० वटा टिमले सहभागिता जनाउने आयोजक समितिका संयोजक जसु राईले जानकारी दिए । उनका अनुसार आयोजक आयोजकले दुईवटा टिम प्रतियोगितामा सहभागिताका लागि तयार गरेको छ ।

प्रतियोगितामा सुनसरीको रामधुनी, झापाको बिर्तामोड, चन्द्रगढीको सिविसी, धुलाबारी, हाम्रो भेट्रान धरान, दमक लखनपुर भेट्रान क्लब, आयोजक निलो, पूर्वेली भेट्रान बिर्तामोड र एभरेष्ट भेट्रान मोरङले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको विजेता टिमले नगद ७१ हजार र उपविजेताले नगद ४१ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । आर्थिक संयोजक सन्तोष थेगिमले प्रतियोगिता सम्पन्न गर्न ७ लाख खर्च हुने अनुमान गरेका जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न, खेललप्रेमीलगायत बैदेशिक रोजगारीमा गएको दाजुभाइहरुको सहयोगको अपेक्षा गरिएको आयोजक समितिले जनाएको छ । आयोजकले प्रतियोगिताको टाइसिट समेत सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार