सभामुखको हातबाट सञ्चारकर्मी सम्मानित

0
SHARES
0
VIEWS

नेपाल पत्रकार महासंघ झापा शाखाले आफ्नो १४औ जिल्ला अधिवेशन विविध मिडिया हाउसमा कार्यरत सञ्चारकर्मीलाई सम्मान गरि सम्पन्न गरेको छ ।

आज झापाको बिर्तामोड स्थित अतिथी सदनको सभाहलमा आयोजित कार्यक्रमको प्रतिनिधि सभाका सभामुख देवराज धिमिरेले गमलामा पानी हाली पानसमा दिप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो ।

सम्मान तथा पुरस्कार घोषणा समितिका संयोजक तथा पूर्व केन्द्रिय महासचिव चन्द्र भण्डारीले कार्यक्रममा सम्मानित भएका पत्रकारहरुको पुरस्कार सार्वजनिक गर्नु भएको थियो ।

झापा महाँसघले दाताहरुको सहयोगमा यसै वर्षबाट थप ३ वटा नयाँगरी ७ वटा पुरुस्कार वितरण गर्ने भण्डारीले बताउनु भयो ।

उहाँले ५ वटा ३ वर्षे कार्यकाल पश्चात अधिवेशनको समयमा र २ वटा हरेक वर्ष वितरण गरिने उहाँले बताउनु भयो ।

यस वर्षबाट महासंघले पत्रकारहरुलाई प्रोत्साहन गर्ने उदेश्यले विधागत सम्मान शुरु गरेको छ ।

नेपाल पत्रकार महासंघकी केन्द्रिय उपाध्यक्ष बाला अधिकारी, प्रतिनिधी सभाका सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका महामन्त्रि बिश्व प्रकाश शर्माले संयुक्त रुपमा नगद दोसल्ला र खादा ओडाई सम्मान गर्नु भएको थियो ।

मोती पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार केशव आर्चाय र कृष्ण हुमागाँई सम्मानित हुनु भएको छ ।

उहाँहरुले जनही १ लाख १ हजार १ सय ११ रकम प्राप्त गर्नु भएको छ । त्यस्तै केटो पत्रकारिता पुरुस्कारबाट नरेन्द्र ढकाल, टंकप्रसाद रमा देवी पुरस्कारबाट राजबाबु शंकर, सक्रिय समावेशी पुरस्कार बाट गणेख मुखिया सम्मानित हुनु भएको छ ।उहाँलाई २५ हजार ५ सय ५५ रुपैयाले सम्मान गरिएको हो ।

त्यस्तै यसै बर्षबाट शुरु गरिएको केदार बजगाँई स्मृती लैगिंक समानता पत्रकारिता पुरस्कारबाट पत्रकार लिला अनमोल र रेजिना रोदन सम्मानित हुनुभएको छ ।

उहाँहरु जनही २५ हजार रुपैयाले सम्मानित हुनु भएको हो ।

कार्यक्रम कै बिच मेचीमहाकाली प्रथम साइकल यात्रा गर्ने पत्रकार मुक्ति पौडेल, उदयमान पत्रकारिताबाट प्रकाश पौड्यल मेचीनगर र चन्द्र बस्नेत , टेलिभिजन पत्रकारिता सम्मान पुरस्कार बाट सुदिप अधिकारी, काटुन पत्रकारिता बाट पवन राजवंशी, अन्लाइन पत्रकारिताबाट उद्वव पुरी सहित छापा मिडियाबाट झुलन रेग्मी सम्मानित हुनु भएको छ । महासंघ झापा शाखाको चौथो अंङग बुलेटिन विमोचन समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार